Khabar Samachar

Search
Close this search box.

सरिताले त्यागिन सद्भावना पार्टी

217
VIEWS

नेपाल सद्भावना पार्टीकी नेतृ सरिता गिरिले पार्टी परित्याग गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् बुधबार बिहान सद्भावना पार्टी परित्यागको घोषणा गरेकी हुन्।

नेपाली कांग्रेसको स्वर्गिय नेता प्रदीप गिरिको अन्तिम इच्छाअनुसार आफूले सद्भावना पार्टी परित्याग गरेको उनको भनाइ छ। नेतृ गिरी कांग्रेस नेता गिरिकी भाइबुहारी हुन्।

स्वर्गीय प्रदीप गिरिको अन्तिम इच्छा अनुसार आफू सदभावना पार्टीबाट स्वतन्त्र भएको बताएकी छिन् । ‘म दिवंगत माननीय प्रदीप जीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेण्डालाई अगाडी बढाउनका लागि वहाँको अन्तिम इच्छा अनुसार आफू नेपाल सद्भावना पार्टी बाट स्वतन्त्र भएको घोषणा गर्दछु,’ सरिता गिरीले फेसबुकमा लेखेकी छिन्, ‘नेपाल सद्‍भावना पार्टीलाई मैरो सदैव सद्‍भावना रहने छ ।’

उनले पार्टी परित्यागको निर्णयलाई कठिन समयमा गरिएको कठिन निर्णय पनि भनेकी छन्।

‘कठिन समयमा गरिएको यो अत्यन्त कठिन निर्णय हो। म २०७४ सालदेखि निरन्तर सिरहा, लहानमा बसी काम गर्दै आएको छु र त्यही जनता बीच मेरो कर्मभूमि रहने छ,’ गिरीले भनेकी छन्, ‘म प्रष्ट गर्न चाहन्छु म विरासत वा उतराधिकारको राजनीतिमा विश्वास गर्दीन न त प्रदीप दाई गर्नु हुन्थ्यो। कर्मको राजनीति मेरो साध्य र साधन दुवै हुने छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित