Khabar Samachar

८ बुँदे माग राखेर विद्यालय कर्मचारी आन्दोलित

204
VIEWS

विद्यालयमा कार्यरत कर्मचारीहरू विभिन्न ८ बुँदे माग अघि सारेर आन्दोलित भएका छन्।

नेपाल विद्यालय कर्मचारी परिषदको अगुवाइमा काठमाडौंको माइतीघर मण्डलामा विद्यालय कर्मचारीहरु भेला भएर आन्दोलन गरेका हुन्।
पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल गर्नु पर्ने मागसहित जम्मा भएका उनीहरुले विद्यालय कर्मचारी सहायक (लेखापाल)हरूका लागि रू ३४ हजार ७३० र थप दुई हजार गरी ३६ हजार ७३० रुपैयाँ पारिश्रमिक हुनुपर्ने माग राखेका छन्।
यस्तै, विद्यालय सहयोगीहरूका लागि २ हजार ,२१० र थप दुई हजार गरी २६ हजार २१० रुपैयाँ पारिश्रमिक माग गरेका छन्।

यस्ता छन् विद्यालय कर्मचारीका मागहरु

१) पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल गर्नु पर्ने।
क) विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि रु.३४ हजार ७३० प्लस २ हजार जम्मा ३६ हजार ७३०।

ख) विद्यालय सहयोगीहरूका लागि रु. २४ हजार २१० प्लस २ हजार जम्मा २६ हजार २१०।

ग) ६० वर्षको उमेर हदका कारण अवकाश गरिएका विद्यालय कर्मचारीहरुका लागि नेपाल सरकारले तत्काल कार्यविधि मार्फत
सम्पूर्ण सेवा सुविधाको प्रबन्ध गरोस्।

२) संघीय शिक्षा ऐन/शिक्षा ऐन, २०२८ को संशोधनमा प्रबन्ध गरिनु पर्ने। 
क) सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पुयाई स्वतः स्थायी प्रक्रियामा लगिनु पर्ने।

ख) संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरुलाई एक पटकका लागि उमेर
हद नलाग्ने प्रबन्ध गर्नु पर्ने।

ग) ६० वर्ष उमेर पुगेका अवकाश भइसकेका विद्यालय कर्मचारीहरुलाई प्रचलित कानून बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई ससम्मान अवकाशको व्यवस्था गर्नु पर्ने।

घ) विद्यालय कर्मचारीहरूलाई उच्च शिक्षा अध्ययनका लागि अध्ययन विदा, सन्तति वृत्ति आदिको प्रबन्ध गरिनुपर्ने।

ङ) विभिन्न समयमा गरिएका सहमति, सम्झौता तथा पटक पटक सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यान्वयनमा ल्याउनु पर्ने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित