केन्द्रीय कार्यालय सानेपाले उम्मेदवार सिफारिस गर्दा ०७४ का समानुपातिक सांसदहरुलाई दोहोर्याउन मातहतका कार्यसमितिलाई बन्देज लगाएका कारण उनीहरु समानुपातिक सांसद बन्न नपाउने भएका हुन्।
महामन्त्री गगन थापाले मातहतलाई परिपत्र गरेर २०७४ सालको निर्वाचनमा समानुपातिकबाट निर्वाचित भएका नेताहरुको नाम समानुपातिकतर्फको उम्मेदवारका रुपमा सिफारिस नगर्न भनेका छन्। उनले पार्टीको विधानमा गरिएको व्यवस्थालाई टेकेर हाल समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा रहेका नेताको नाम फेरि समानुपातिककै लागि सिफारिस नगर्न परिपत्र गरेका हुन्।
महामन्त्री थापाले भदौ ९ गते ७ प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमिति, १६५ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र ३३० प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई उम्मेदवार सिफारिस सम्बन्धमा परिपत्र गरेका छन्। ‘२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएका व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी मंसिर ४ गते हुने प्रतिनिधिसधा सदस्य र प्रदेशसभा सदस्य पदको समानुपातिकतर्फको उम्मेदवारका लागि सिमाफरि नगर्ने,’ परिपत्रमा भनिएको छ।
पार्टी विधानको धारा ३३ (२) मा भनिएको छ, ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधि सभा वा प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन।’
परिपत्रअनुसार मातहतका कार्यसमितिले समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गर्ने भएकाले मन्त्रिपरिषद्मा रहेका नेताहरु बालकृष्ण खाण, दिलेन्द्रप्रसाद बडू, उमा रेग्मी र उमेश श्रेष्ठ फेरि समानुपातिकतर्फको उम्मेदवार बन्न नपाउने भएका छन्।
२०७४ सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकबाट निर्वाचित खाणले गृह मन्त्रालय, बडूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, रेग्मीले बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका छन्। यस्तै श्रेष्ठ राज्यमन्त्री छन्।
चार मन्त्रीसँगै कांग्रेसबाट २०७४ मा समानुपातिकतर्फ प्रतिनिधिसभामा निर्वाचित ३६ जना अन्य नेताहरु पनि अब दोहोरिएर समानुपातिकमार्फत् प्रतिनिधिसभामा निर्वाचित हुन नपाउने भएका छन्।
जसअनुसार उपसभामुख पुष्पा भुसाल फेरि समानुपातिक प्रतिनिधिसभा सदस्य बन्न नपाउने भएकी छन्। प्रमुख सचेतक चित्रलेखा यादव, सचेतक मीन विश्वकर्मा पनि दोहोरिएर समानुपातिकतर्फ उम्मेदवार हुनबाट वञ्चित हुने भएका छन्। यस्तै कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरलाई पार्टी विधानले पुनः समानुपातिकतर्फ उम्मेदवार बन्नबाट रोक लगाउने भएको छ।
प्रदेश १ मा १३ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा ९ जना, लुम्बिनी प्रदेशमा १२ जना, कर्णाली प्रदेशमा ५ जना र सुदुरपश्चिम प्रदेशमा ८ जना गरी ७२ जना नेता पनि समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य बन्न पाउने छैनन्।
प्रतिनिधि सभामा समानुपातिकतर्फ उम्मेदवार बन्न नपाउने नेताहरु
बहादुर सिंह लामा
कर्मा घले
उमेश श्रेष्ठ
लालकाजी गुरुङ्ग
जीप छिरीङ्ग लामा
दिव्यमणी राजभण्डारी
ज्ञानकुमारी छन्त्याल
प्रमिला राई
महेन्द्रकुमारी लिम्वु
हिरा गुरुङ्ग
मिना सुब्बा
बालकृष्ण खाँण
दिलेन्द्रप्रसाद बडू
किशोर सिंह राठौर
सत्यनारायण खनाल
सूर्यबहादुर केसी
रामबहादुर विष्ट
सुजाता कोइराला
पुष्पा भुषाल गौतम
डा. डिला संग्रौला
मीना पाण्डे
उमा रेग्मी
रंगमती शाही
पद्म नारायण चौधरी
पार्वता डि.सि. चौधरी
नमिता कुमारी चौधरी
मानबहादुर विश्वकर्मा
मीनबहादुर विश्वकर्मा
प्रकाश रसाइलि स्नेही
सुजाता परियार
लक्ष्मी परियार सेवा
विमला नेपाली
विनोद कुमार चौधरी
स्मृति नारायण चौधरी
नागेन्द्र कुमार राय
सीतादेवी यादव
चित्रलेखा यादव
मिनाक्षी झा
अतहर कमाल मुसलमान
सर्वत आरा खानम
प्रदेश सभामा समानुपातिकतर्फ उम्मेदवार बन्न नपाउने नेताहरु
प्रदेश नं. १
प्रताप प्रकाश हाङगाम
विद्यानन्द चौधरी
चन्द्रप्रसाद श्रेष्ठ
सन्जाकुमारी दनुवार
लीला सुब्बा
ज्योति सुब्बा
शेखरचन्द्र थापा
लोकप्रसाद संग्रौला
शान्ता पौडेल
विन्दीया कार्की
नवोदिता कुमारी चौधरी
कल्पनाकुमारी सरदार
ओम प्रकाश सरावगी
मधेश प्रदेश
आशियादेवी थरुनी
प्रमिला देवी दास
श्याम परी देवी
शिवचन्द्र चौधरी
ओमप्रकाश शर्मा
नरेशकुमार यादव
सरस्वती चौधरी
गीताकुमारी यादव
मञ्जुकुमारी यादव
शेख रसिद अलि
शोभाकुमारी लामा
बागमती प्रदेश
मिलनबाबु श्रेष्ठ
राजेन्द्र गुरुङ
न्हुच्छेनारायण श्रेष्ठ
सन्तबहादुर प्रजा
राधा घले
जीवन डंगोल
विजया श्रेष्ठ के.सी.
रजनी जोन्छे
डा. राजाराम कार्की
बलराम पौडेल
भीमसेन खत्री
गीता वाग्ले
विजुला वर्मा
कल्पना नेपाली
गण्डकी प्रदेश
मेखलाल श्रेष्ठ
ललितकला गुरुङ
सरिता गुरुङ
मनकुमारी गुरुङ
मणिभद्र शर्मा कँडेल
कुमार खड्का
ओमकला गौतम
दोवाटे विश्वकर्मा
कोपिला बोहरा
लुम्बिनी प्रदेश
वीरबहादुर राना
अर्जुनकुमार श्रेष्ठ
बलदेव शर्मा पोखरेल
निर्मला क्षेत्री
रमा अर्याल
भुवनेश्वर चौधरी
पुष्पा थरुनी
माला गोतामे सुनार
रिना नेपाल वि.क.
रुन्धावती दुवे शर्मा
शान्तिदेवी वर्मा सोनार
मोहम्मद याकुव अन्सारी
कर्णाली प्रदेश
दिनवन्धु श्रेष्ठ
यज्ञबहादुर बी.सी.
हिमबहादुर शाही
अमृता शाही
झोवा वि.क.
सुदूरपश्चिम प्रदेश
गोविन्द बोहरा
देवराज पाठक
दिव्यश्वरी शाह
अम्बिकुमारी थापा
कुमारी नन्दा वम
श्यामलाल राना
टेकबहादुर रैका
उमा वादी
Discussion about this post