Khabar Samachar

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा बानेश्वरको नोबेल कलेजका एक शिक्षक पक्राउ

220
VIEWS

काठमाडौंको नयाँ बानेश्वरस्थित नोबल एकेडेमीका शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पक्राउ परेका छन्।  विद्यार्थीलाई दुर्व्यवहार गरेको भन्दै कक्षा १२ का विद्यार्थीहरूले सोमबार बिहान आन्दोलन गरेका छन्। उनीहरूले बिहानै देखि नाराबाजी गर्दै आरोपित शिक्षकलाई कारबाही गर्न माग गरेका छन्।

विद्यार्थीहरूले आन्दोलन गरेसँगै प्रहरीले आरोपित शिक्षकलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय सरोज भट्टराई छन्। उनी अंग्रेजी पढाउने शिक्षक हुन्। उनलाई प्रहरी वृत्त बानेश्वरको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

ती शिक्षकले विद्यार्थीसँग च्याटमा दुर्व्यवहार गरेको आरोप लागेको एसपी मैनालीले बताए।

‘शिक्षकलाई नियन्त्रणमा लिएको छ। विद्यार्थीसँग च्याट गरेको भन्ने खबर आएको छ। के-कस्तो विषय हुन् भन्ने थप बुझ्ने काम भइरहेको छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित