विश्वप्रकाश शर्मा झापा १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

207
VIEWS

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन्।

मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा शर्माको मात्रै एकल नाम आएको थियो।

आज बसेको क्षेत्रीय कार्यसमिति बैठकले महामन्त्री शर्मालाई झापा १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवारका लागि सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले बताए।

शर्मा झापा १ बाट २०७० र २०७४ मा उम्मेदवार भई पराजित भएका थिए। २०७४ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राम कार्की बिजयी भएका थिए।

नेकपा एमालेबाट यो क्षेत्रमा रवीन कोइराला दाबेदार छन्। कोइरालाले २०७० को चुनावमा शर्मालाई हराएका थिए।

महामन्त्री शर्माले झापा १ बाहेक अन्य क्षेत्रबाट आफू चुनाव नउठ्ने बताइरहेका थिए। तेस्रो प्रयासमा चुनाव जित्ने दाबी उनको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित