Khabar Samachar

नागरिकता विधेयक राेकेकाे भन्दै नेविसंघले जलायाे राष्ट्रपतिको पुत्ला

204
VIEWS

नागरिकता विधयेक प्रमाणीकरणमा ढिला गरेको भन्दै सत्ताघटक प्रमुख दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले राष्ट्रपतिको पुत्ला जलाएकाे छ ।

नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएकाे हाे । विद्यार्थीले पुत्ला जलाउँदै गर्दै नाराबाजी गरेका थिए । प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पार्ने क्रममा प्रहरीमाथि ढुंगामुढासमेत भएको छ ।

उनीहरुले छिटो उक्त विधयेक प्रमाणीकरण गर्न माग गरेका छन् । नागरिकता विधयेक प्रमाणीकरण गर्न दोस्रोपटक राष्ट्रपति भण्डारीसमक्ष पठाइएको छ । यसअघि पहिलोपटक राष्ट्रपतिसमक्ष उक्त विधयेक प्रमाणीकरण गर्न पठाइएको थियो । तर, उनले आवश्यक संसोधन गर्न भन्दै सुझावसहित प्रतिनिधिसभामा नै फिर्ता पठाएकी थिइन् । अहिले दुवै सदनबाट जस्ताको तस्तै पारित भएर पुन: राष्ट्रपतिकोमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित