Khabar Samachar

सिनामंगलमा शंकास्पद वस्तु राखिएको स्थानबाट सन्दिग्ध व्यक्ति पक्राउ

225
VIEWS

काठमाडौंको सिनामंगलमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सुन पसलको सटरअगाडि राखेको वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली पुगेको थियो । डिस्पोजको क्रममा उक्त वस्तु बम नभएको खुलेको सेनाले बताएको छ ।

नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको पाइएको जानकारी दिए ।

यसैबीच उक्त घटनामा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो । पासवानलाई अहिले गौशाला प्रहरीमा राखिएको छ ।

सुन पसल सञ्चालक मने विश्वकर्माले आफूसँग पटकपटक फोन गरेर ५ लाख नदिए बम राख्छु भनेर धम्की दिएको बताएका छन् ।

उनले भने, ‘आज ९ पटक फोन गरेर ५ लाख मागेका थिए । नदिए बम राख्छु भनेर धम्की दिएका थिए । मैले पैसा दिन नमानेपछि यहाँ शङ्कास्पद वस्तु राखे । ’

सटरमा संयोजक सफलको नाममा टाँसिएको पर्चामा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला । ’

५ वर्षअघिबाट पसल सञ्चालन गर्दै आएका विश्वकर्मासँग यसअघि गत वर्षपनि २ जना पसलमा नै आएर पैसा मागेको खुलेको छ । पसल सञ्चालक विश्वकर्माले प्रहरीलाई खबर गर्ने बताए पनि उनीहरू भागेका थिए ।

शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित