Khabar Samachar

Search
Close this search box.

नेपाली टिमको कप्तानमा किरण चेमजुङ

202
VIEWS

नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानमा किरण चेमजुङले पुनरागमन गरेका छन्।

अब्दुल्लाह अलमुताइरीको बहिर्गमनसँगै किरणले राष्ट्रिय टोलीको कप्तानी गर्ने भएका हुन्।

मंगलबार बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलको कप्तानी किरणले नै गर्ने खेलपूर्वको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

सोमबार भएको पत्रकार सम्मेलनमा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँसँगै किरण पनि सहभागी भए।

यसअघि प्रशिक्षक अलमुताइरीसँगको विवादका कारण किरणसहित राष्ट्रिय टोलिका ११ खेलाडी टिमबाट बाहिरिएका थिए।

जसकारण कुवेतमा भएको एएफसी एसियन कप छनौटमा नवयुग श्रेष्ठलाई कप्तानको जिम्मेवारी दिइएको थियो।

एसियन कपकै अर्को खेलमा भने पुजन उपरकोटीले कप्तानी गरेका थिए। तर बंगलादेशविरुद्धको खेलमा भने नवयुग र पुजन टोलीमै परेनन्।

नेपाल र बंगलादेशबीचको खेल मंगलबार साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित