Khabar Samachar

एमालेले समानुपातिक निर्वाचन तर्फको अन्तिम सूची १५ गते बुझाउने

203
VIEWS

नेकपा एमालेले समानुपातिक निर्वाचन तर्फको असोज ३ मा बुझाएको बन्दसूची हेरफेर गर्ने भएको छ । सो पार्टीले नेताहरुसँगको परामर्शपछि अन्तिम बन्दसूची असोज १५ गते बुझाउने भएको छ । यसअघि बुझाएको बन्दसूचीमा थपघट गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको एमालेले बिहीबारको बैठकमा प्रत्यक्ष तर्फका उम्मेदवारबारे प्रारम्भिक छलफल गरेको जनाएको छ । बिहीबार मध्यराति सम्पन्न एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले अन्तिम बन्दसूची १५ गते बुझाउने बताएका हुन् ।‘प्रारम्भिक लिष्टमा हामीले अध्यक्षज्युलाई आवश्यक थपघट गर्नसक्ने अधिकार प्रत्यायोजन गरेको हो । उम्मेदवारको प्राथमिकता पनि तोकेर निर्वाचन विभागमार्फत केन्द्रीय हेडक्वार्टरले अन्तिम निर्णय गर्छ । त्यसको अन्तिम टुंगोमा हामी पुग्दैछौ’, गुरुङको भनाइ छ ।

बैठकमा १० बुँदे पक्षधर र पूर्व माओवादीबारे कुनै छलफल नभएको गुरुङले बताए । गुरुले २१ वा २२ गते अर्को बैठक बसेर प्रत्यक्ष तर्फका उम्मेदवार सार्वजनिक गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित