काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह १० हजार मतको नजिकै पुग्दा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार मत कटाएका छन् ।
मतगणनाको पछिल्लो परिणाम अनुसार साहले ९ हजार ६ सय ५ मतसहित अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा रहेका स्थापितले ५ हजार १ सय ४ मत ल्याएका छन् । बालेनले स्थापितविरुद्ध ४ हजार ५ सय १ मतको अन्तर बनाएका छन् ।
तेस्रो स्थानमा रहेकी गठबन्धन तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४ सय ८३ मत ल्याएकी छिन् ।
Discussion about this post