Khabar Samachar

भारतिय अभिनेता अरुण बालीको ७९ वर्षको उमेरमा निधन

212
VIEWS

अभिनेता अरुण बालीको शुक्रबार बिहान मुम्बईमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । आज बिहान करिब ४ः३० बजे उनको निधन भएको परिवारले जनाएको छ ।

७९ वर्षीय अरुण बालीले ९० को दशकमा आफ्नो करियर सुरु गरेका थिए । उनले खलनायक, फूल और अंगारे, सबसे बडा खिलाडी, सत्य, लगे रहो मुन्ना भाइ, बर्फी, एयरलिफ्ट, रेडी जस्ता चलचित्रमा काम गरेका थिए । उनको पछिल्लो रिलिज फिल्म लाल सिंह चड्डा थियो। यसका साथै उनी धेरै चर्चित टिभी सिरियलमा पनि देखा परेका छन् ।

अरुण बालीका दुई छोरी अमेरिकामा रहेकाले भोलि भारत पुगेपछि उनको अन्तिम संस्कार शनिबार हुनेछ । अभिनेता अमिताभ बच्चनसँगको उनको फिल्म ‘गुडबाय’ आज रिलिज हुँदैछ । उनको निधनको खबर आएपछि सामाजिक सञ्जालमा धेरैले शोक व्यक्त गर्दै उनप्रति श्रद्धाञ्जली दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित