Khabar Samachar

अयोध्याबाट सुरु भएको ‘रामराज्य रथ यात्रा’ आज जनकपुरधाम आउँदै

202
VIEWS

भारतको अयोध्याबाट सुरु भएको ‘रामराज्य रथ यात्रा’ आज जनकपुरधाम आउने भएको छ । अक्टुबर ५ तारिखमा अयोध्याबाट ‘रामराज्य रथ यात्रा’ सुरु भएको थियो । श्री शक्ति शान्तानन्द महर्षीको नेतृत्वमा सुरु भएको उक्त यात्रा गोरखपुर, गोरखगञ्ज र सितामढी हुँदै आज जनकपुरधाम आउन लागेको हो ।

दिउँसो ३ बजे जनकपुरधाम आउन लागेको ‘रामराज्य रथ यात्रा’मा सहभागीलाई मेयर मनोज साहले भव्य स्वागत गर्ने तयारी गरेका छन् । उनले यात्रामा सहभागीको स्वागतका लागि नगरबासीसँग अनुरोध समेत गरेका हुन् ।

उक्त यात्रामा ४० जना साधुसन्त तथा महन्थ सहभागी छन् । जनकपुरबाट यात्रा काठमाडौं समेत पुग्नेछ । त्यसपछि पोखरा, बुटबल, नेपालगञ्ज र टिकापुर हुँदै पुनः भारत पस्नेछ । भारतको विभिन्न राज्यको यात्रा पश्चात पुनः अयोध्या पुगेर समापन हुनेछ ।

६० दिनसम्म अर्थात् ३ दिसम्बरसम्म चल्ने उक्त यात्राले २७ राज्यका १५ हजार किलोमिटर दुरी तय गर्ने बताइएको छ । रामराज्यका स्थापना गर्नु यात्राको मुख्य उदेश्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित