Khabar Samachar

टिकट लिन आफू भन्दा माथिको नेताको चाकडी गर्ने प्रवृत्ति देखियो – गोविन्दराज जोशी

201
VIEWS

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले तनहुँ–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै उनले उनले आफ्नो उम्मेदवारी गठबन्धनको राजनीति विरुद्ध रहेको पनि बताए । गठबन्धनको राजनीतिले व्यक्तिको अधिकार हनन गर्ने भन्दै उनले यसलाई अप्रजातान्त्रिक भनेका छन् । राष्ट्रिय राजनीतिमा तनहुँको भूमिका प्रभावशाली बनाउन आफू निर्वाचित हुनुपर्ने बताए ।

‘राष्ट्रिय राजनीतिमा तनहुँको कुनै भूमिका रहेन । नेताहरु टिकट लिन आफू भन्दा माथिको नेताको चाकडी गर्ने प्रवृत्ति देखियो’ उनले भने, ‘यो प्रवृत्तिले जिल्लाको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्नेहरुको अवस्था दयनीय भएको छ ।’

आफू २० वर्षअघि सांसद हुँदा जिल्लामा सुरु भएका योजना अझै अलपत्र रहेको भन्दै उनले त्यसलाई पूरा गर्न पनि उम्मेदवारी दिनुपरेको बताए ।

‘म २० वर्षदेखि पार्टी र सरकारको कुनै जिम्मेवारीमा छैन । त्यो भन्दा अघि तनहुँ जिल्लामा धेरै वर्ष मन्त्री सांसद भएँ । मैले सुरु गरेका योजना बिसौं वर्षसम्म जस्ताको तस्तै रहे’ नेता जोशीले भने, ‘नेतृत्वमा रहनेहरुले तनहुँमा देखिने गरी कुनै काम गर्न सकेनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित