Skip to main content

Khabar Samachar

Search
Close this search box.

रेशम चौधरीले जेलभित्रबाटै चुनाव लड्ने,

200
VIEWS

टीकापुर हत्याकाण्डको प्रमुख अभियुक्तको आरोप लागेका रेशम चौधरी जेलभित्रबाटै चुनाव लड्ने भएका छन् । बर्दिया क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा वारिसनामामार्फत उनले उम्मेदवारी दर्ता गरेका छन् ।

श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नाममा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबाट रेशम चुनाव लड्न लागेका हुन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बुबा लालवीरले रेशमको उम्मेदवारी दर्ता गराएका थिए ।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते भएको ‘टीकापुर घटना’मा आठ सुरक्षाकर्मीसहित एक नाबालकको हत्या भएको थियो ।

उक्त हत्याको अभियोग प्रमाणित भएपछि चौधरी डिल्लीबजारस्थित कारागारमा छन् । उनलाई टीकापुर हत्याकाण्डको मुख्य योजनाकार रहेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित