Khabar Samachar

एमयुएफसी विजयचोक युथ क्लब र अजोड इन्स्योरेन्सबीच साझेदारी

220
VIEWS

काठमाडौं÷एमयुएफसी विजयचोक युथ क्लबले अजोड इन्स्योरेन्स लिमिटेडलाई आफ्नो इन्स्योरेन्स पार्टनर घोषणा गरेको छ । शहीद स्मारक सी डिभिजन छनोटका लागि हुने फुटबल लिगमा सहभागी हुने एन समूहको टीम विजयचोक युथ क्लब र इन्स्योरेन्सबीच यससम्बन्धि सम्झौता भएको छ । दोस्रो पटक लिग खेल्न लागेको क्लबले बीमा उद्योगबाट एक ठूलो नाम आकर्षित गर्न सफल भएको छ । आगामी दिनहरुमा नेपाली फुटबल डिभिजनको सिंढी चढ्ने लक्ष्य राखेका अन्य क्लबहरुको लागि पनि एक सकारात्मक संकेत हो । बिजयचोक युवा क्लबका प्रबन्धक सुरेश नेपालले अजोड इन्स्योरेन्स लिमिटेडसँग साझेदारी गरेको बताउँदै भने, “खेल र चोटपटक एउटै सिक्का को दुई पाटा हुन्, मैदान मा उत्रिसकेपछि जुनसुकै खेलाडिलाई सानोठुलो इन्जुरी हुन सक्छ, अजोड इन्स्योरेन्स सँगको हाम्रो साझेदारीले खेलाडीहरुमा बोझ कम भएको र यसले उनीहरुको आत्मविश्वास पनि बढाएको महसुस भएको छ, सम्पूर्ण टीम यस्तो विश्वसनीय खेल बीमा योजना को लागी आभारी छ” । बेलायती फुटबल क्लब म्यानचेस्टर युनाईटेडका समर्थकहरुको टोली एमयुएफसी विजयचोक युथ क्लब गत वर्ष सहिद स्मारक सी डिभिजन लिग छनोटको सुपर ८ पुग्न सफल भएको थियो । गत असोज ६ बाट शुरु सी डिभिजन लिगमा देशभरबाट ६२ क्लबको सहभागिता रहेको एन्फाले जनाएको छ । उक्त लिग आगामी मंसिर १ गतेसम्म चल्ने छ । एन्फाले सहभागी ६२ क्लबलाई २० समूहमा विभाजन गरेको छ । प्रत्येक क्लबले समूह चरणमा दुई खेल खेल्ने छन् । समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण र नक आउट चरणलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता क्लब सी डिभिजन लिगमा छनोट हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित