Khabar Samachar

गौतमबुद्ध विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयले प्राथमिकता पाउँछन् : गृहमन्त्री खाण

201
VIEWS

गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयले प्राथमिकता पाउने बताएका छन्।

रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेस केन्द्रीय सदस्य खाणले स्थानीले आफ्नो जग्गा उपलब्ध गराएपछि मात्र एयरपोर्ट निर्माण सम्पन्न भएकोले विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयले योग्यता अनुसारको रोजगारीमा प्राथमिकता पाउने बताए।

गृहमन्त्री खाणले एयरपोर्ट निर्माण हुदा जसको जग्गा अधिग्रहणमा परेको छ, त्यो परिवारका सदस्यलाई विमानस्थलमा रोजगारीमा योग्यता अनुसार प्राथमिकतामा राख्न सरकार प्रतिबद्ध रहेको बताए।यसबारे आफूले गौतमबुद्ध विमानस्थल प्रमुख र नागरिक उड्डयन प्राधिकरणसंग कुरा गर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित