Khabar Samachar

बझाङमा जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुग्यो

200
VIEWS

बझाङमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा  ६ जना घाइते भएका छन् ।

बुधबार साढे ४ बजे मष्टा गाउँपालिका १ डुग्रीबाट भातेखोला जाने क्रममा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना भई सडक भन्दा झण्डै ३ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा मृत्यु भएकामध्ये ४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।  जीपमा सवार अन्य यात्रुहरूको खोजी कार्य जारी रहेकोे उनको भनाइ छ ।

सनाखत भएका मृतकहरुमा मष्टा २ का वर्ष १३ की सम्झना खड्का, वर्ष १५ का रोशन खड्का, वर्ष १६ का प्रचण्ड खड्का र बर्ष २८ की बसन्ती धामी रहेका छन् ।  बाँकी ३ जनाको सनाखत भइसकेको छैन ।

घाइतेमध्ये अधिकांसको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

घाइतेहरूको अझै उद्धारकार्य जारी छ। साँझ परेकाले उद्धारमा कठिनाइ भइरहेको छ।

जिप दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित