Khabar Samachar

आजको विश्व र प्रविधिको विकास

203
VIEWS

आज विश्व २१ औं शताब्दीमा दौडिरहेको छ । अहिलेको समयलाई सूचना प्रविधिको युगको रुपमा लिने गरिन्छ ।

सूचनाको संकलन, सम्प्रेषण, एवम् सञ्चार गर्ने पत्रपत्रिका, कम्प्युटर, हार्डवेयर, सफ्टवेयर, नेटवर्क, इन्टरनेट लगायतका प्रविधिको समष्टिगत रूपलाई नै सूचना तथा सञ्चार प्रविधि  भनिन्छ  ।

यो प्रविधि कहाँ बाट आयो र यसको आवश्यक किन रह्यो भन्ने अर्को पाटो छ तर, अहिले मानिस प्रविधि बिना बाच्न नसक्ने भएका छन्  ।

अहिलेका पुस्ताहरुको  अधिकांश समय मोबाइल, ल्यापटप वा कम्प्युटरको स्क्रिनमा हेरेर वित्छ । चाहे कसैले पढून, कसले गेम खेलून, कसैले भिडियो हेरुन  ।

यती गर्दैमा उनीहरुको समय बर्बाद भएको मात्र सोच्ने अवस्था छैन, किनकि अहिले सबै काम इन्टरनेटबाट हुने गर्दछ । चाहे त्यो साथीहरु, आफन्तसँग कुरा गर्न होस चाहे कुनै कार्यलयको काम गर्न होस, सबै मोबाइल र ल्यापटपबाटै गर्ने गरेको पाइन्छ ।

विगतको कुनै समय थियो, एउटा गाउमा एक/दुईवटा फोन हुन्थे । आफन्तसँग कुरा गर्न धेरै समय लाइनमा बसेर पर्खनु पर्थ्यो । महँगो शुल्क तिर्नु पर्थ्यो । अहिले सर्वसाधारणको हात हातमा स्मार्ट फोन देख्न सकिन्छ ।

संसारमा प्रयोग हुने धेरै सामाजिक सञ्जालहरु मध्येको एक र सबैभन्दा ठूलो हिस्सा ओगटेको सञ्जाल हो ‘फेसबुक’ । नेपालमा पनि फेसबुकका प्रयोगकर्ता लाखौंको संख्यामा छन, जसको ठूलो हिस्सा स्कुल वा क्याम्पस पढ्दै गरेका विद्यार्थीहरुले ओगटेका छन् ।

क्याम्पस पढ्दा पढ्दै फेसबुकको आविष्कार गरेका मार्क जुगरवर्ग यसैका कारण आज अरबपति भएका छन् । हामी मध्ये अधिकांश चाही यसैका कारण गरिब, अस्वस्थ र असामाजिक बन्दै गइरहेका छौं । हामीले भने त्यही फेसबुकमा फोटो राख्न र लाइक तथा कमेन्टको लेखाजोखामै अमुल्य समय खर्चिरहेका छौ । – सामाजिक सञ्जालबाट

फेसबुकमै पैसा खर्चने मात्र हैन कमाउने पनि त धेरै छन । पैसा कमाउने एउटा राम्रो माध्यम फेसबुक पनि बनेको छ ।

साँझ बिहान दश नंग्रा खियाएर काम गरेर मात्रै पैसा कमाइ हुन्छ भन्ने त्यो हाम्रो संकुचित सोच मात्र हो । अहिले यसैको प्रयोगबाट घरमै बसेर आफ्नो अनुकुल समय मिलाएर काम गर्ने गरेका छन ।

जसमा फेसबुकले ल्याएको भिडियोको लागि ‘एड ब्रेक’ ब्लगको लागि ‘इन्स्टेन्ट आर्टिकल’ र डिजिटल मार्केटिङ रहेका छन फेसबुकमा फोटो राख्न र लाइक तथा कमेन्ट मात्र गर्न पैसा खर्च गरिन्छ भने तपाइले प्रविधिलाई प्रयोग गर्न नजानेको अथवा प्रविधि नबुझेको मान्न सकिन्छ । फेसबुक र युट्युब प्रमुख भए यी बाहेक टुइटर, इनिस्टाग्राम, भाईबर, इम्रो, टिकटक पनि छन् ।

प्रविधिको प्रयोगले १ दिनमा हुने काम एकछिनमा नै हुने गर्दछ । पहिले-पहिले कुनै फारम भर्न, बिल तिर्नलाई दिनभर लाइन बस्नुपर्थ्यो अहिले त्यस्तो काम एकछिनमा घरमै बसेर गर्न सकिन्छ ।

मानिसहरुले गर्ने साधारणदेखि जटिल काम अहिले रोबोटले गर्न थालेका छन् । जसलेगर्दा मानिस अल्छी समेत हुदै गएका छन् ।

पहिले-पहिले कुनै घटना घटेको जानकारी पाउन कि त रेडियो सुन्नु पर्थ्यो, कि त पत्रिका पढ्नु पर्थ्यो । सामान किन्न विभिन्न पसल धाउनु पर्थ्यो अहिले भने त्यो सबैको अनत्य अनलाइनले गरेको छ । प्रत्येक समयको खबर हाम्रो मोबाइलमा छ, हामीले चाहेको समयमा पढ्न, सुन्न र हेर्न सक्छौ ।

विभिन्न किनमेलका सामान घरमै बसेर किन्न सक्छौ । यति मात्र कहाँ हो र अनलाइनबाटै गाडी, हवाईको टिकट समेत बुकिङ गर्न सक्छौ । साथै व्यापार पनि अनलाइनमा नै गर्ने गर्दछौ । प्रविधिले सबैकाम गर्न सहज बनाएको छ, र त नया पुस्ता यसमा आकर्षित हुदै गएका छन् ।

नेपालमा प्रविधिको विकास

सूचना नीति सन् २००० अनुसार विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत ,नेपालमा सूचना प्रविधि क्षेत्रको विकास तथा प्रवर्धनको लक्ष्य लिएर राष्ट्रिय सूचना प्रविधि केन्द्र (NITC) स्थापना भएको थियो । सुचना प्रविधी केन्द्रले e-government का लागी गुरु योजना (e-Goverment Master Plan) बनाई अघि बढिरहेको छ । यस्तै यसले टेलिसेन्टरहरुको व्यवस्थापन, प्रवर्धन, सुदृढिकरण ,मानव श्रोत र संसाधनको विकास , अनुसन्धान तथा खोजमुलक कार्य ,तालिम प्रशिक्षण तथा परामर्श दिने तथा अन्य संघ-संस्था तथा निकायहरुसंग सहकार्य गरी सुचना तथा सञ्चार प्रविधिको विकास र प्रवर्धनमा टेवा पुर्याउँदै आएको छ । विकिपीडिया

पहिले पहिले नेपालमा चलाउने सम्पूर्ण सफ्टवेयरहरु अरु देशमा बनेको चलाउनुपर्ने बाध्यता थियो । जसको कारण हाम्रो डाटा सुरक्षामा धेरै चुतौती आउने गर्थ्यो । अहिले भने त्यो अवस्थाको अन्त्य भएको छ नेपालमा नै विभिन्न प्रकारका सफ्टवेयरहरु बन्दै गएका छन् ।

पहिले पहिले शिक्षा लिन विद्यालय नै जानु अवस्था अहिले छैन ‘ई-लर्निङ’ को माध्यमबाट विद्यार्थीले घरमै बसेर पढ्ने सिक्ने गरेको पाइन्छ । पढाइलाई प्रविधिमैत्री बनाउन सरकारले One Laptop Per Child भन्ने कार्यक्रम समेत ल्याएको छ ।

पढाईमा मात्र हैन कृषि क्षेत्रमा समेत प्रविधिको प्रयोग बढ्दै गएको देखिन्छ । खेतबारी जोत्नालाई अहिले हलोको आवश्यकता पर्दैन, त्यस्तै धान काट्न, विरुवा रोप्न विभिन्न प्रकारका हाते औजारहरु बजारमा आइरहेका छन् । यो अवस्था बढ्दै गइरहेको छ ।

प्रविधिले निम्त्याएको विकृति

अचेल त हामीले साथीलाई जन्मदिनको शुभकामना दिनु परेमा, कसैलाई श्रद्धाञ्जली दिनु परेमा, बधाई दिनुपरेमा सबै फेसबुक, टुइटर, इनिस्टाग्राम बाटै दिने गरेका छौ ।

हाम्रा धेरै जसो चाडपर्वहरु पनि सामाजिक सञ्जालमा मात्र मनाउन थाली सकेका छौ जसले गर्दा चाडपर्वको रौनक हराउदै गएको पाइन्छ ।

साना साना नानीबाबुहरुलाई भुलाउने तरिकाले समेत  प्रविधिले बदलिदिएको छ  । प्राय आमा बुबा हरुले आफ्ना नानीबाबुहरुलाई भुलाउन मोबाइल दिने गरेका छन् ।

साथै त्यसैमा नानीबाबुहरु पनि रम्न थालीसकेका छन् । यसलाई मात्र हेर्ने हो भने प्रविधिले विकृति निम्त्याएको मान्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित