शिशिर राज पाण्डे । अहिले अधिकास अबिभाबकहरु आफ्ना एस.इ.इ दिएर बसेका बालबालिकाहरुको लागि कस्तो कलेजमा उच्च शिच्या अध्ययनको लाई चयन गर्ने हो त्यो कुरा मनमा खेली रहन्छ। बालबालिकाको लागि उपयुक्त कलेज खोज्दा सामाजिक जिम्मेवारी गतिविधिहरूमा विशेष ध्यान दिनु महत्त्वपूर्ण छ, किनकि यी गतिविधिहरूले उनीहरूको नैतिक, सामाजिक, र नेतृत्व विकासमा योगदान पुर्याउँछन्।
बालबालिकाको लागि उपयुक्त कलेज खोज्दा विभिन्न कुरामा ध्यान दिन जरुरी छ। कलेज छान्दा कलेजको शैक्षिक इतिहास, नतिजा र शिक्षकहरूको योग्यता बारे जानकार हुन जरुरी छ । कलेजको वातावरण र सुविधा:कक्षाकोठा, पुस्तकालय, प्रयोगशाला, खेल मैदान र अन्य सुविधाहरूको अवस्था के कस्तो छ त्यो बारे पनि अबगत हुन जरुरी छ। बालबालिकाको मानसिक र शारीरिक विकासका लागि सुरक्षित र प्रेरणादायी वातावरण,मूल्य र शुल्क:शुल्क संरचना र आफ्नो बजेटसँग तुलना , छात्रवृत्ति वा अन्य आर्थिक सहायता उपलब्ध छ कि छैन ,कलेजको अनुशासन नीति र नैतिक शिक्षामा जोड,बालबालिकालाई सामाजिक र सांस्कृतिक मूल्य सिकाउने वातावरण, स्थान र यातायातको व्यवस्थापन कलेजको स्थान घरबाट कति टाढा छ र यातायात सुविधा उपलब्ध छ कि छैन त्यो जानकार हुन जरुरी छ। स्कूल बस वा अन्य सुरक्षित यातायातको व्यवस्था भएको खण्डमा अभिभाबकले आफ्ना बालबालिका कलेज आउने जाने समयको व्यवस्थापन गर्न सजिलो हुन्छ।
पूर्व अभिभावक वा विद्यार्थीहरूको अनुभव र समीक्षा बारे जानकारी लिन जरुरी छ। । कलेजको वेबसाइट, सामाजिक सञ्जाल वा भ्रमणबाट थप जानकारी लिनु सकिन्छ। यदि बालबालिकालाई विशेष आवश्यकता (जस्तै: शारीरिक अशक्तता वा सिकाइ कठिनाइ) छ भने, त्यसअनुसारको सहयोग उपलब्ध छ कि छैन त्यो बारे जानकारी लिनु पर्छ । अभिभाबकले कलेज भर्ना गर्नु अगाडी कलेज बेला कलेज भ्रमण गर्नु राम्रो हुन्छ र प्रिन्सिपल/शिक्षकसँग कुराकानी गर्दा कलेजको बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ । बालबालिकाको रुचि र व्यक्तित्वलाई पनि विचार गरेर हामीले कलेज रोज्नु पर्दछ। नेपालमा सरकारी, निजी, बोर्डिङ वा सामुदायिक कलेज, स्कूलहरू छन् उपयुक्त व्यवस्थापन हेरेर मात्र भर्ना गर्नु पर्दछ।
अविभावकले हेर्ने भनेकै शैक्षिक गुणस्तर हो यो जाँच्दा बालबालिकाको लागि उपयुक्त कलेज छनोट गर्नु पर्छ । कलेजको परीक्षा नतिजा र शैक्षिक उपलब्धि कलेजको विगतका SEE, +2, वा अन्य बोर्ड परीक्षाका नतिजा, बिद्यार्थीले कति प्रतिशत उच्च अंक ल्याए वा छात्रवृत्ति पाए, राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा विद्यार्थीको उपलब्धि (जस्तै: ओलम्पियाड, प्रतियोगिता),शिक्षकको योग्यता र अनुभव,शिक्षकहरूको शैक्षिक पृष्ठभूमि र तालिम ,विषयगत विशेषज्ञता र शिक्षण अनुभव , शिक्षक-विद्यार्थी अनुपात (सानो कक्षामा व्यक्तिगत ध्यान बढी हुन्छ)।पाठ्यक्रम र शिक्षण विधि र कलेजले कुन पाठ्यक्रम प्रदान गर्छ (राष्ट्रिय, CBSE, IB, A-Level)? सैद्धान्तिकसँगै व्यवहारिक र जीवनोपयोगी शिक्षणमा जोड छ कि छैन ति कुराहरुमा ध्यान दिन जरुरी छ। प्रविधिको प्रयोग (जस्तै: स्मार्ट बोर्ड, डिजिटल लर्निङ) र नवीन शिक्षण विधि,अतिरिक्त शैक्षिक अवसरहरु जस्तो : अतिरिक्त कक्षाहरू (जस्तै: कोडिङ, रोबोटिक्स, कला, संगीत) उपलब्ध छन् कि छैनन्।करियर काउन्सेलिङ, नेतृत्व विकास र अनुसन्धानका अवसरहरू,विदेशी विश्वविद्यालयसँग सम्बन्ध वा अन्तर्राष्ट्रिय एक्सपोजर,मूल्यांकन र फिडब्याक प्रणाली,विद्यार्थीको प्रगति कसरी मूल्यांकन गरिन्छ (परीक्षा, प्रोजेक्ट, प्रस्तुति)?अभिभावक-शिक्षक बैठक र नियमित प्रगति प्रतिवेदनको व्यवस्था,कमजोर विद्यार्थीलाई अतिरिक्त सहयोग (रेमेडियल कक्षा)।प्रतिष्ठा र मान्यता र कलेज शिक्षा मन्त्रालय वा सम्बन्धित निकायबाट मान्यता प्राप्त छ कि छैन जरुरी छ। शैक्षिक समुदायमा कलेजको प्रतिष्ठा र पुरस्कार/सम्मान।कसरी जाँच्ने,कलेजको वेबसाइट, वार्षिक प्रतिवेदन, वा ब्रोसरमा शैक्षिक विवरण हेर्नु पर्दछ ।अभिभावक, पूर्वविद्यार्थी, वा स्थानीय समुदायसँग कुराकानी गरेर सम्भव भए कलेजको कक्षा अवलोकन गरेर मात्र भर्ना गर्नु पर्दछ।
पच्चिमा देशहरुमा अविभावकहरुले पढाइलाई मात्र प्रमुख मान्दैनन। आफ्ना बालवालिकाहरु ले काम गरेर, खेलेर, गाएर , बजाएर पनि आफ्नो जिबिकापॉर्जन गर्ने सक्छन भन्ने छ र पढाइमा मात्र ध्यान दिदैन र हामि संग तेस्ता धेरै उदाहरण पनि छन् । अतिरिक्त गतिविधिहरू (Extra-Curricular Activities) बालबालिकाको सर्वांगीण विकासका लागि महत्त्वपूर्ण हुन्छन्। कलेज छनोट गर्दा यी गतिविधिहरूको उपलब्धता र गुणस्तरमा ध्यान दिनुहोस्:खेलकुद:फुटबल, बास्केटबल, क्रिकेट, भलिबल, तेक्वान्दो, पौडीजस्ता खेलहरू उपलब्ध छन् कि छैनन्?खेल मैदान, प्रशिक्षक, र नियमित प्रशिक्षणको व्यवस्था।अन्तर-स्कूल प्रतियोगिता वा राष्ट्रिय स्तरमा सहभागिताको अवसर।कला र संस्कृति:संगीत, नृत्य, चित्रकला, नाटक, हस्तकला जस्ता रचनात्मक गतिविधिहरू। सांस्कृतिक कार्यक्रम, प्रदर्शनी, वा वार्षिक उत्सवमा विद्यार्थी सहभागिता।स्थानीय संस्कृति र परम्परालाई प्रोत्साहन गर्ने गतिविधि।विज्ञान र प्रविधि:रोबोटिक्स, कोडिङ, STEM (Science, Technology, Engineering, Math) क्लब।विज्ञान प्रदर्शनी, ह्याकाथन, वा नवप्रवर्तन प्रतियोगिता।कम्प्युटर ल्याब र डिजिटल सिकाइका अवसर, सामाजिक र नेतृत्व विकासका लागि स्कूल क्लबहरू (जस्तै: पर्यावरण, साहित्य, वादविवाद, रेडक्रस)।नेतृत्व तालिम, सार्वजनिक बोल्ने कक्षा वा सामुदायिक सेवामा परिचालन , विद्यार्थी परिषद् वा स्वयंसेवक कार्यक्रमहरुमा सहभागी, साहसिक र बाहिरी गतिविधिहरु हाइकिंग, क्याम्पिङ, स्काउट, वा प्रकृति भ्रमण गराउने ,वातावरण संरक्षण र नेतृत्व विकासमा जोड दिने गतिविधि,शारीरिक र मानसिक स्वास्थ्यका लागि योग वा ध्यान गराउने , कैरियर र जीवन कौशल बिकासका लागि वित्तीय साक्षरता, उद्यमशीलता वा करियर गाइडन्स कार्यशालाहरु संचालन गर्ने वा तेस्ता कार्यशालामा सहभागिता गराउने जस्ता काम गर्न जरुरी छ। एकल प्रस्तुति, टिमवर्क, र समय व्यवस्थापन जस्ता कौशल सिकाउने गतिविधि संचलन , इन्टर्नशिप वा व्यावसायिक व्यक्तिसँग अन्तरक्रियाको अवसर दिलाउनु पर्छ।
अतिरिक्त गतिविधिले बालबालिकाको रचनात्मकता, आत्मविश्वास, र सामाजिक कौशल बढाउँछ।टिमवर्क, नेतृत्व, र समस्या समाधान गर्ने क्षमता विकास हुन्छ।शैक्षिक दबाब कम गर्न र रुचिअनुसारको क्षेत्रमा उत्कृष्टता हासिल गर्न मद्दत गर्छ ।सामाजिक जिम्मेवारी गतिविधिहरू (Social Responsibility Activities) बालबालिकालाई समाजप्रति संवेदनशील, सहानुभूतिपूर्ण, र जिम्मेवार बनाउन महत्त्वपूर्ण हुन्छन्। यी गतिविधिहरूले नेतृत्व, टिमवर्क, र नैतिक मूल्यहरू सिकाउँदै सामाजिक प्रभाव सिर्जना गर्छन्।
बालबालिकाको लागि उपयुक्त कलेज खोज्दा सामाजिक जिम्मेवारी गतिविधिहरूमा विशेष ध्यान दिनु महत्त्वपूर्ण छ, किनकि यी गतिविधिहरूले उनीहरूको नैतिक, सामाजिक, र नेतृत्व विकासमा योगदान पुर्याउँछन्।
Discussion about this post