Skip to main content

Khabar Samachar

Search
Close this search box.

बिहान खाली पेटमा कागती पानी पिउनुका फाइदा

214
VIEWS

हामी सबैलाई थाहा छ, मानिसको शरिरले भिन्न किसिमका रसायनहरुमा भिन्न किसिमले प्रतिक्रिया दिन्छ । कुनै पनि रसायन हाम्रो शरिरमा निश्चित मात्रामा नियमितरुपमा भइरहदा प्रतिक्रिया पनि फरक फरक हुन्छ । जस्तै: कागती पानीले शरिरमा पार्ने फरक ।
हामीले गर्मीमा शरिर शितल गराउँन कागती पानी पिउँने गर्छौँ तर कमै मात्र मानिसले बिहान बिहान खाली पेटमा कागती पानी पिउँछन् । तपाईले कागती पानी हरेक बिहान पिउँदा हुने फाइदा थाहा पाउँनु भयो भने छक्क पर्नुहुनेछ ।
यस्ता छन्, खाली पेटमा कागतीपानी पिउनुको फाइदा

तौल कम गर्न: मोटोपनाबाट ग्रस्त हुनुहुन्छ भने बिहान खाली पेट पानी, कागती र मह सेवन गर्दा पेटमा जमेको बोसो कम हुन थाल्छ । यसले मेटाबोलिजम पनि बढाउँछ ।

मुखको दुर्गन्ध हट्छ: कागतीपानीले मुखको दुर्गन्ध पनि हटाइदिन्छ । शरीरलाई विष रहित बनाउन यसले मद्दत गर्छ ।

जोर्नीको पीडाबाट राहत: जोर्नीको पीडाबाट चिन्तित हुनुहुन्छ भने कागतीपानी पिउन थाल्नुस् ।

भिटामिन सी: शरीरका लागि भिटामिन सी जरूरी तत्त्व हो । यसले रोगहरूसँग लड्न मद्दत गर्छ । बिहानको समयमा यसको सेवनले रोगप्रतिरोधक क्षमता राम्रो हुन्छ । रुघाखोकी जस्ता संक्रमण पनि यसले राख्न दिँदैन ।

पाचन क्रिया राम्रो: बिहान मनतातो पानीमा कागती र मह हालेर पिउनुभयो भने शरीरमा पाचक रस बन्न शुरु हुन्छ । यसले भाृक लाग्न शुरु गर्छ र पाचनक्रियालाई राम्रो राख्न पनि मद्दत गर्छ ।
छालामा निखार: कागतीमा भएको एन्टीअक्सिडेन्ट गुणले छालामा निखार ल्याउँछ । छालाका दागधब्बा सफा हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित