Khabar Samachar

Search
Close this search box.

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

202
VIEWS

नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी दिनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने बताएका छन् ।

गोरखामा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले उक्त कुरा बताएका हुन् । गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित जनप्रतिनिधि आगामी दिनमा प्रधानमन्त्री र मुख्यमन्त्री बन्ने र जिल्लाको विकास पनि हुने भट्टराइको भनाइ छ ।

उनले भने, ‘यहाँ कसैले अन्यथा नमान्नु होला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री । यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार र सुरेन्द्र पाण्डे प्रदेश सभा सदस्य उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित