Khabar Samachar

सन्दीपविरुद्धको मुद्दा भोलिलाई हेर्दाहेर्दैमा

211
VIEWS

सन्दीपविरुद्धको मुद्दा भोलिलाई हेर्दाहेर्दैमा राखिएको छ ।

सन्दीपका पक्षबाट अन्य तीन जना कानुन व्यवसायीहरूले बिहीबार बहस गर्नेछन् ।

बुधबार जिल्ला अदालत काठमाडौंमा अधिवक्ता मुरारी सापकोटा र रोशनी पौड्यालले सन्दीपलाई धरौटीमा रिहा गर्नुपर्ने माग गरेर बहस गरेका हुन् ।

सन्दीपको पक्षबाट बहस गरेरका कानुन व्यवसायीले पीडितको उमेर १८ वर्ष कटिसकेको जिकिर लिएका छन् ।

अधिवक्ता सापकोटाको अनुसार जाहेरवालीको जन्मदर्ता अनुसारको जन्ममिति कायम भएमा उनको उमेर १९ वर्ष स्थापित हुन्छ ।

“सरकारी वकीलले जबरजस्तीकरणीको बारदात स्थापित गर्ने कुनै प्रमाण पेस गर्न सक्नुभएको छैन । त्यसैले सन्दीपजीलाई पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने माग गरेका छौँ,” सापकोटाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित