Skip to main content

Khabar Samachar

Search
Close this search box.

प्रधानमन्त्रीले चुनावी अभियानमा सेनाकै हेलिकोप्टर चढ्ने, भाडा कांग्रेसले ब्यहोर्ने

212
VIEWS

प्रधानमन्त्री शेरबहादुर देउवाले चढ्न प्रयोग गरिरहेको नेपाली सेनाको हेलिकोप्टरको खर्च नेपाली कांग्रेसले ब्यहोर्ने भएको छ।

सत्तारुढ गठबन्धनको चुनावी अभियानमा प्रयोग गरेको हेलिकोप्टरको खर्चबारे निर्वाचन आयोगले चासो दिएपछि भाडा कांग्रेसले ब्यहोर्ने भएको हो।

निर्वाचन आयोगले बुधबार मात्रै चुनावी अभियानमा जाँदा सरकारी सवारी साधन र स्रोत साधान प्रयोगमा निषेध गरेको छ।

आयोगले चुनावी प्रचारमा सरकारी स्रोत प्रयोग निषेध गरेको अवस्थामा देउवाले चढ्ने सेनाको हेलिकोप्टरको भाडा पार्टीले तिर्ने भएको हो।

राष्ट्रपति र प्रधानमन्त्रीसहितका उच्च सरकारी अधिकारीलाई सुरक्षा निकायले निजी हेलिकोप्टरमा यात्रा अनुमति नदिने भएकाले यस्तो विकल्प रोजिएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले नेपालखबरसँग कुरा गर्दै सेनाको हेलिकोप्टर प्रयोग गर्दा लाग्ने खर्च सबै पार्टीले ब्यहोर्ने जानकारी दिए।

‘राष्ट्रपति र प्रधानमन्त्रीसहितका उच्च सरकारी अधिकारीहरुलाई सुरक्षा मापदण्डका कारण निजी हेलिकोप्टर प्रयोग गर्न अनुमति छैन’, उनले भने, ‘प्रधानमन्त्रीले पार्टीको चुनावी अभियानमा जाँदा प्रयोग गरिने सेनाका सवारीसाधनको भाडा पार्टीले तिर्ने गरी मिलाइएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित