Khabar Samachar

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि जेल चलान गर्न अदालतको आदेश

225
VIEWS

काठमाडौं जिल्ला अदालतले बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारी गरेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासले शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। अदालतको आदेशपछि सन्दीपलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ।

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो। मंगलबार सन्दीपले अदालतमा बयान दिएका थिए भने बुधबारदेखि थुनछेक बहस सुरु भएको थियो।

सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, ०७४ को  परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ। जसमा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सोहीअनुसार सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदावी गरिएको छ।

पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्‍याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको दाबी गरेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित