पाकिस्तान आइसिसी टी-२९ विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ११ बल बाँकी हुँदै मात्र ५ विकेटको क्षतिमा पुरा गर्यो।
उसका लागि मोहम्मद रिजवानले सर्वाधिक ३२ रन बनाए। यस्तै मोहम्मद हरिसले ३१ रन बनाउँदा कप्तान बाबर अजामले २५ रन बनाए।
सान मसुदले नटआउट रन बनाए।
बंगलादेशका लागि नसुम अहमद,शाकिब अल हसन र इबादत हसनले १-१ विकेट लिए।
त्यसअघि एडिलेडमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनाएको थिए
।
Discussion about this post