Khabar Samachar

राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्ड प्रस्थान

201
VIEWS

राष्ट्रपति विद्यादेवी भण्डारी युरोपेली टापु मुलुक आइसल्यान्ड प्रस्थान गरेकी छन्।

राष्ट्रपति भण्डारी  महिला सशक्तीकरण अवार्ड समारोहमा भाग लिनका लागि आइसल्यान्ड प्रस्थान गरेकी हुन्। विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलका आयोजनामा ८–१० नोभेम्बरमा हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उनी आज (सोमबार) बेलुकी आइसल्याण्ड प्रस्थान गरेकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, उपराष्ट्रपति गणेशप्रसाद तिमिल्सिना लगायतले विदाइ गरेका छन् ।

डब्लूपीएलले भण्डारीलाई यो वर्षको डब्लूपीएल ट्राइलब्लेजर अवार्ड पनि प्रदान गर्ने छ । राष्ट्रपतिले ग्लोबल फोरममा अवार्ड ग्रहणसँगै आफ्नो मन्तव्य पनि राख्ने छिन् ।

राष्ट्रपतिको भ्रमण दलमा उनकी छोरी उषाकिरण भण्डारी, मन्त्रालयका सचिव भरतराज पौड्याललगायत छन् । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित