Khabar Samachar

सनातन हिन्दू धर्मप्रति सद्‌भाव राख्ने उम्मेदवारको पक्षमा विश्व हिन्दू महासंघ

202
VIEWS

विश्व हिन्दू महासंघ, नेपाल राष्ट्रिय समितिले हिन्दु राष्ट्रको पक्षमा बहस गर्न प्रतिवद्धता जाहेर गर्ने उम्मेदवारहरूलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता गर्न आह्वान गरेको छ ।

महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो आह्वान गरेको हो । हिन्दू धर्मप्रति सद्‌भाव राख्दै आएका र चुनाव जितेपछि पनि संसदमा हिन्दु राष्ट्रको पक्षमा बहस गर्ने प्रतिवद्धता जनाउने विभिन्न पार्टी र स्वतन्त्रका उम्मेदवारहरुलाई आगामी निर्वाचनमा मतदान गर्न आफूहरुले आह्वान गर्ने निर्णय गरेको महासंघका उपसभापति प्रवीण घिमिरेले बताए ।

महासंघले धर्मप्रति घृणा फैल्याउने तथा धर्म निरपेक्षता र संघीयताको वकालत गर्नेहरुलाई भने निर्वाचनमा मत नदिन आग्रह गरेको छ । महासंघका उपसभापति घिमिरले भने, ‘हामी आगामी मंसीर ४ गते हुने संसदीय निर्वाचनमा नेपालको राष्ट्रियता, सनातन हिन्दु धर्मप्रति सदभाव राख्दै आएका र चुनाव जितेर संसदमा पुगेपछि पनि हिन्दु राष्ट्रका पक्षमा बहस गर्न प्रतिवद्धता जाहेर गर्ने ठूला–साना विभिन्न दलबाट उठेका र स्वतन्त्र उम्मेदवारहरुलाई आगामी निर्वाचनमा आफ्नो विवेकको मत प्रदान गर्न सबै मतदातामा हार्दिक आह्वान गर्दछौं ।’

महासंघले नेपाली जनताको बृहत धार्मिक एकता कायम गरेर धर्म निरपेक्षता र संघीयतालाई परास्त गर्ने चेतावनी समेत दिएको छ । उपसभापति घिमिरेले कृषि, वन, पर्यटन, जलस्रोत र जडिबुटीको परिचालन गरेर १५ वर्ष भित्र ५० लाख युवाहरुलाई देशभित्र रोजगारी दिने प्रबन्ध मिलाउन आफूहरु लागि परेको दावी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित