Khabar Samachar

गिरिजाप्रसाद कोइराला र मैले एउटै कागजमा हस्ताक्षर गरेर देशमा युगान्तकारी परिवर्तन भयो : पुष्पकमल दाहाल

203
VIEWS

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०६३ मंसिर ५ मा हस्ताक्षर भएको विस्तृत शान्ति सम्झौतालाई ‘जय नेपाल’ र ‘लालसलाम’ एकै ठाउँमा उभिएको दिनको रुपमा अर्थ्याएका छन्।हामीले १२ बुँदे समझदारी गर्‍यौं। त्यतिबेला एक हदसम्म जय नेपाल र लालसलाम एक ठाउँमा आए, १२ बुँदे समझदारीमा। त्यसपछि विस्तृत शान्ति सम्झौता भयो’, गोरखाको अजिरकोट–३, भच्चेकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जुन दिन गिरिजाप्रसाद कोइराला र मैले एउटै कागजमा हस्ताक्षर गरेर देशमा युगान्तकारी परिवर्तनको प्रक्रिया सुरु भयो। त्यही दिन जय नेपाल र लालसलाम एकै ठाउँमा उभिएका हुन्।’

प्रचण्डले भने, ‘कांग्रेस र माओवादी मिलेर नै देशमा शान्ति र परिवर्तन भएको हो । गिरिजाप्रसाद कोइराला र मैले शान्ति प्रक्रियामा एउटै पानामा हस्ताक्षर गरेपछि एकले अर्कालाई त्यही बेलामा स्वीकारेका हौँ । त्यही दिन जय नेपाल र लालसलाम एकठाउँमा भएको हो ।’

प्रतिक्रियावादीहरूले देशमा जातीय द्वन्द्व फैलाउन खोजेको उनको आरोप थियो ।

उनले भने, ‘गठबन्धन निर्वाचनको लागि मात्रै भएको होइन । संविधान उल्ट्याएर देशलाई अध्यारोतर्फ धकेल्न खोजेपछि गठबन्धन बनाएका हौँ । यो राष्ट्रको आवश्यक बनेको छ ।’

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गरेको प्रचण्डको आरोप छ । उनले अहिले पनि संविधानविरुद्ध शक्तिहरू सक्रिय भएर टाउको उठाउन खोजेकाले सचेत हुनुपर्ने बताए ।

गोरखाको विकासको लागि कुनै कसर बाँकी नराख्ने उनको प्रतिबद्धता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित