Skip to main content

Khabar Samachar

Search
Close this search box.

उम्मेदवारले अनलाइनमा विज्ञापन गर्न पाउने

204
VIEWS

 

निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारहरुले अनलाइन सञ्चार माध्यममा विज्ञापन गर्न पाउने व्यवस्था गरेको छ। यसअघि आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो वा एमएम रेडियो तथा पत्र पत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न पाउने व्यवस्था गरेको थियो। तर अनलाइन सञ्चार माध्यमबाट प्रचारप्रसार गर्ने सम्बन्धमा स्पष्ट उल्लेख थिएन।

आयोगले बिहीबार सात बुँदे विज्ञप्ति प्रकाशित गरी राजनीतिक दल वा उम्मेदवारले सञ्चार माध्यमको प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था गरेको हो।

‘निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दता भई प्रेस काउन्सिल नेपालमा सुचिकत भएका अनलाईन सञ्चार माध्यममा देहाय बमोजिम निर्वाचन प्रचारप्रसार गर्न पाउने निर्णय भएको’ आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित