Khabar Samachar

जापानका उप-विदेशमन्त्री निर्वाचन पर्यवेक्षणका लागि नेपाल जाँदै

202
VIEWS

रामबहादुर थापा / जापान , कात्तिक -३० । जापानका उप-विदेशमन्त्री ताकेइ स्युनसुके निर्वाचन पर्यवेक्षण गर्न नेपाल जाने भएका छन्। जापानको विदेश मन्त्रालयले आज जारी गरेको सूचना अनुसार उनी संघिय र प्रदेश सभाको निर्वाचन पर्यवेक्षक प्रमुखको रुपमा नेपाल जान लागेका हुन् । ‘नेपालमा नोभेम्वर २० तारिखमा हुन गैरहेको निर्वाचनलाई पारदर्शी,निष्पक्ष र शान्तपूर्ण तवरले सम्पन्न होस् भन्ने जापानको चाहना हो’विदेश मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको सूचनामा भनिएको छ । जापानका तर्फ बाट निर्वाचन प्रयवेक्षण गर्न पर्यवेक्षक प्रमुखका रुपमा उप-विदेश मन्त्री ताकेइलाई नेपालमा खटाइएको विज्ञप्तीमा जनाईएको छ । उप-विदेशमन्त्री ताकेइ १९ तारिख नारिता विमानस्थलबाट नेपालतर्फ प्रस्थान गर्नेछन्। २० तारिख निर्वाचन सकिए पछी उनी २१ तारिख भुटान र २४ तारिख बङ्गलादेश हुँदै २५ तारिख जापान फर्कने तालिका रहेको छ । जापानका उप- विदेशमन्त्री प्रमुख पर्यवेक्षकका रुपमा नेपाल जान लागेको टोकियो स्थित नेपाली दुतावसले पनि पुष्टि गरेको छ । ‘उप- विदेशमन्त्रीज्यू नेपाल जाने सूचना नेपाली राजदुतावासलाई पनि जानकारी भएको दुतावासका उप-नियोग प्रमुख अम्बिका जोशीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित