Khabar Samachar

उपत्यकामा मंसिर १ देखि निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक लगाउने निर्णय

209
VIEWS

काठमाडौं उपत्यकामा मंसिर १ देखि निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार सो निर्णय गरेका हुन् ।  मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ को मध्यराति सम्म मदिरा बिक्रीमा रोक लगाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए । मतगणनास्थलमा चाहिँ गणना नसकिएसम्म मदिरा बेचबिखन गर्न पाइँदैन । मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ ।

त्यस्तै, उपत्यकामा मंसिर ४ मा सवारी–साधन संचालनमा रोक लगाउने निर्णय गरिएको छ । निर्वाचन आयोगले तोकेको मापदण्ड बाहेकका सवारी–साधन संचालनमा रोक लगाउने निर्णय गरिएको प्रजिअ उपाध्यायले जानकारी दिए । तीनवटै जिल्ला प्रशासन कार्यालयले मंसिर १ र २ मा अत्यावश्यक बाहेकका सेवा स्थगन गर्ने निर्णय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित