Skip to main content

Khabar Samachar

Search
Close this search box.

अमेरिकी सभामुखका श्रीमान्‌माथि आफ्नै घरमा आक्रमण

212
VIEWS

 

अमेरिकी संसद्की सभामुख नेन्सी पेलोसीका श्रीमान् पाउल पेलोसीमाथि उनकै घरमा आक्रमण भएको छ। उनीमाथि ह्यामरले आक्रमण गरिएको बीबीसीले उल्लेख गरेको छ।

 

समाचारमा उल्लेख गरिएअनुसार आक्रमणको कारण उनको दायाँ हातको हड्डी फुटेको छ भने उनको शल्यक्रिया गरिएको छ।

संदिग्ध आक्रमणकारीले नेन्सी पेलोसीलाई खोज्दै पाउलमाथि आक्रमण गरेका थिए। यो आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले ४२ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ।

अहिलेसम्म आक्रमणकारीले किन नेन्सी पेलोसीलाई खोजेका थिए भन्ने खुलेको छैन। आक्रमणको समयमा पेलोसी वासिङटन डीसीको अर्को क्षेत्रमा थिइन्। आक्रमणपछि उनी आफ्ना श्रीमान्‌लाई भेट्न अस्पताल पुगेकी थिइन्।

डेमोक्रेट्सका प्रवक्ताले दिएको जानकारीअनुसार शुक्रबार बिहान पाउल पेलोसीमाथि आक्रमण भएको हो। आक्रमणकारीले नेन्सी पेलोसीलाई खोज्दै पाउललाई ज्यान मार्ने धम्कीसमेत दिएका थिए।

पाउलको शल्यक्रिया गरिएको र उनी अब छिटै निको हुने चिकित्सकहरुले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित