Khabar Samachar

निर्वाचन विगतका कमी कमजोरी सच्याउने अवसर – राजेन्द्र लिङ्देन

205
VIEWS

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ को निर्वाचनलाई विगतका त्रुटी र कमी कमजोरी सच्याउने अवसर भनेका छन्।

‘मंसिर ४ को निर्वाचन विगतका कमी कमजोरी सच्याउने अवसर पनि हो’, उनले भने, ‘राष्ट्रिय राजनीतिमा विगतमा त्रुटी सच्याएर हाम्रै कालमा नेपाल समृद्ध बनाउने योजना हो।’

उनले नेपाल बनेको हेरेर मर्ने हाम्रो चाहनालाई परिपूर्ति गर्ने संकल्पसहित राप्रपा आएको पनि बताएका छन्।

‘हामी नेपाल बनाउने संकल्पसहित आएका छौँ’, उनले भने, ‘त्यसैले राप्रपाका दुवै तर्फका उम्मेदवारलाई जिताइदिन अपिल गर्दछु।’

निर्वाचन प्रचारप्रसारको मौन अवधि सुरु हुनु केही घण्टाअघि आम मतदातालाई सम्बोधन गरी जारी गरिएको भिडिओ सन्देशमा अध्यक्ष लिङ्देनले सो कुरा व्यक्त गरेका हुन् ।

अध्यक्ष लिङ्देनले हाम्रै जीवनकालमा समृद्ध नेपाल बनाउने र नेपाल बनेको हेरेर मर्ने आमचाहना परिपूर्ति गर्ने संकल्पका साथ राप्रपा निर्वाचनमा होमिएको बताए ।

लिङ्देनले राष्ट्रिय राजनीतिमा राप्रपा नवीन सोच र दृष्टिकोणका साथ जनताको माझमा आएकाले आफ्नो पार्टीका प्रतिनिधि र प्रदेशसभाका उममेदवारलाई मत दिइ विजयी गराउन आम मतदातालाई अपीलसमेत गरेका छन् ।

यसैगरी, लिङ्देनले अर्को भिडिओ सन्देशमार्फत जीवनमा पहिलोपटक भोट हाल्न तम्तयार लाखौं नवयुवा र युवालाई आगामी निर्वाचनलाई देशको भाग्य र भविष्य बदल्ने निर्वाचनको रुपमा सदुपयोग गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित