Khabar Samachar

चीनमा आक्रमण रुपमा फैलदैँ कोरोनाको नयाँ भेरियन्ट

211
VIEWS

चीनमा आक्रमण रुपमा फैलदैँ कोरोनाको नयाँ भेरियन्ट फैलदै गएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट फैलन थालेपछि चीनको ठुला शहर लगायतका सांघाइमा चरणबद्ध लकडाउन सुरु भएको छ भने स्वास्थ्यकर्मीहरूले सामूहिक परीक्षण गर्न थालेका छन् । त्यस्तै संक्रमण फैलन थालेसँगै आफ्नो कारखाना लकडाउन क्षेत्रमा रहेकाले आफ्ना उत्पादन बन्द गर्ने अमेरिकी कार निर्मार्ता टेस्लाले जनाएको छ । चरणबद्ध तालाबन्दीका कारण चीनको आर्थिक हबका लाखौं मानिसहरू आफ्नो घरभित्रै सीमित हुँदा विश्व तेलको मूल्यमा तीब्र वृद्धि भएको छ ।
ऊर्जा मागको त्रासबीच अमेरिकी बेन्चमार्क तेल सम्झौता वेस्ट टेक्सास इन्टरमिडियट (डब्लूटीआई)मा पाँच प्रतिशतले गिरावट आएको छ । सहरको पूर्वी आधा भागमा लकडाउन गरिएको छ । तर, बन्दरगाह र सहरका दुई विमानस्थलहरु भने खुला छन् ।

कोभिडको नयाँ संक्रमण ओमिक्रोन भेरियन्टका कारण चीनमा पछिल्ला समयमा संक्रमण दर बढेको छ । सन् २०१९ को अन्त्यमा वुहानमा पहिलो पटक यो भाइरस देखा परेदेखि गत महिना चीनमा सबैभन्दा धेरै संक्रमणका घटना देखिएका छन् ।

आइतबार चीनमा एकै दिन ४५ सय नयाँ संक्रमित भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित