एजेन्सी । माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । माइग्रेन पिडितहरुलाई नियमित रुपमा टाउको दुखिरहन्छ । यो पीडा कान र आखाँ पछाडि हुन्छ । यो दुखाई टाउकोको कूनै ठाँउमा पनि हुन सक्छ । यसले केही व्यक्तिको हेर्ने क्षमतामा पनि असर गर्छ ।

स्वास्थ्य विज्ञहरुको अनुसार पुरुषमा भन्दा महिलामा बढी यो रोग लाग्ने गर्छ । धेरै महिलामा लाग्ने भएता पनि माइग्रेनलाई गम्भिररुपमा लिने गर्दैनन् । कम महिलाले मात्र यसको उपचार गराउँदछन् । धेरै रोगीले सामान्य रोगको रुपमा लिने भएकाले औषधी नै प्रयोग गदैनन् ।

विज्ञको अनुुुसार यो आनुवंशिक रोग हो, जुन खाने, वातावरण परिर्वतन गर्ने, तनाव बढाउने र निन्द्राको कारणले हुन्छ । यो बच्चा, किशोरवस्था वा वयस्क कनै पनि अवस्थामा हुनसक्छ । कहिलेकाहिं बान्ता पनि हुनसक्छ । यो उपचार नगरे ४ देखि ५ घण्टा सम्म पनि हुन सक्छ ।

माइग्रेन हुनाको कारण

  • बढि तनाव हुनु
  • असन्तुलित जिवनशैली
  • माइग्रेन हुनाको कारण र लक्षण व्यक्ति अनुसार फरक फरक हुनसक्छ ।
  • लक्षण
  • बान्ता आउन खोज्नु वा हुनु
  • चक्कर आउने
  • थकान महसुस हुनु
  • पुरै वा आधा टाउको दुख्नु
  • भोक कम लाग्नु
  • पसिना धेरै आउनु
  • आखाँ दुख्ने वा धमिलो दुष्टि
  • कसैको दिमाग हराउनु

बच्ने उपाय

  • बायोफिडब्याक, योग, एक्युप्रेशर र नियमित व्यायाम आदिले माइग्रेनको आक्रमण कम गर्न सकिन्छ ।
  • माइग्रेनबाट जोगिन टाउको दुख्ने कारणहरु हटाउनु पर्छ, जस्तै तनावबाट टाढा बस्नु, चर्को आवाजबाट टाढा रहने
  • पेनकिलरको कम भन्दा कम प्रयोग गर्नुर्पदछ ।
  • सन्तुलित खानाको तालिका अनुसरण गर्नुपर्छ ।
  • समयमा सुत्ने र उठ्ने गनुपर्छ ।
  • नियमित व्यायाम गर्नुपर्छ ।
  • धेरै लामो समय सम्म भोकै नबस्नुहोस् ।
  • धेरै कडा र डगमगाउने प्रकाशबाट अलग रहनुपर्छ ।

यी आहार प्रशस्त मात्रामा खानाले माइग्रेनबाट छुटकारा पाउन सकिन्छ ।

  • हरियो सागपात
  • माछा
  • दुध
  • कफी
  • रेड वाइन
  • ब्रोकाउली

बच्ने घरेलु उपाय

शुद्ध घ्यु

माइग्रेनको दुखाइ कम गर्न दैनिक २ ड्रप शुद्ध घ्यु नाकमा हाल्नुहोस । यसबाट दुखाइ कम गर्न राहत मिल्छ ।

स्याउ

हरेक बिहान खाली पेटमा स्याउ खानुहोस् । दुखाइ कम गर्ने प्रभावकारी यो तरिका हो ।

ल्वाङको पाउडर

टाउको दुखिरहेको छ भने तुरुन्तै ल्वाङको पाउडर र नुन मिसाइ पिउनुहोस् । यसो गर्नाले टाउको दुखाई चाँडै हराउँछ ।

कागतीको बोक्रा

कागतीको बोक्रालार्इृ घाममा सुकाएर यस्को पेस्ट बनाउने र यो पेस्टलाई निधारमा लगाउनाले माइग्रेनको दुखाई कम हुन्छ ।

पालुंगो र गाजर साग

माइग्रेनको दुखाई कम गर्न पालुंगो र गाजरको रस पिउनुहोस् । यसले तपाइको दुखाइ एक मिनेटमा नै हराउँछ ।

काक्रो

काक्रोको टुक्रा टाउकोबाट खसाल्नुहोस् वा सुघ्नुहोस् । माइग्रेनको दुखाईबाट राहत दिन्छ ।

अदुवा

एक चम्चा अदुवाको रस र मह मिक्स गरेर पिउनुहोस्, अदुवाको एक टुक्रा मुखमा राखिरहँदा पनि दुखाइ कम गर्न सक्छ । स्मरण रहोस् अदुवाको कुनै पनि रुप माइग्रेन कम हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय