Khabar Samachar

नेपालमा फाइभजी प्रयोग हुनसक्ने क्षेत्र पहिचान गर्दै सरकार, पहिलो चरणमा छानिए ४ कम्पनी

200
VIEWS

नेपालमा फाइभजी प्रयोगका लागि आवश्यक क्षेत्र पहिचान गर्न अध्ययन हुने भएकाे छ । यसका लागि दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएको छ ।

फाइभजीको सम्भावित क्षेत्र पहिचान तथा फाइभजी विस्तार गर्ने कार्यक्रमको गुरुयोजना तयार गर्नेगरी प्राधिकरणले परामर्शदाता आह्वान गरेकोमा पहिलो चरणमा चार कम्पनी छनोट भएका छन् ।

यसका लागि गएको पुस १२ गते प्राधिकरणले एक सूचना जारी गर्दै परामर्श सेवा प्रदायक कम्पनीहरूसँग आशयपत्रको माग गरेको थियो । आशयपत्र बुझाउने मध्येबाट पहिलो चरणमा चार कम्पनी छनोट भएका हुन् ।
छनोट हुनेमा टेलिग्लोब सोलुसन प्रालि, जेभी ट्यानजेन्ट कन्सल्ट्यान्ट ग्रुप, इन्क्लुसिभ एभ्रेस्ट र एभरेस्ट टेलिकम एण्ड आईटीको जेभी, महारुद्र एक्ज्युकेटिभ र महारुद्र ग्रुपको जेभी रहेका छन् ।
छनोट भएका यी चार कम्पनीबाट आएको आर्थिक तथा प्राविधिक प्रस्तावको आधारमा अन्तिममा एक कम्पनी छनोट हुनेछ । छनोट हुने कम्पनीले विभिन्न क्षेत्रमा फाइभजी प्रयोग बढाउन तथा फाइभजीका लागि आवश्यक गुरुयोजना तयार गर्ने काम गर्नेछ ।
हुन त यसअघि गएको कात्तिकमा प्राधिकरणले पहिलोपटक यसका लागि परामर्शदाता आह्वान गरेको थियो । उक्त प्रक्रियामा जम्मा चार कम्पनीबाट मात्रै आशयपत्र प्राप्त भएको र त्यसमा पनि प्राविधिक रुपमा छनोट हुन नसक्दा प्रक्रिया खारेज भएको थियो ।

सो प्रक्रिया खारेज भएसँगै प्राधिकरणले पुनः पुसमा सूचना जारी गर्दै प्रक्रिया अघि बढाएको हो । यसका लागि प्राधिकरणले चालू आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत नै यो कार्यक्रमलाई अघि बढाएको छ ।

जसमा यो अध्ययनका लागि ५० लाख बजेट छुट्याइएको छ । विशेषगरी दूरसञ्चार कम्पनीको आगामी फाइभजी परियोजनालाई मद्दत पु¥याउने योजनाका साथ प्राधिकरणले यो अध्ययन कार्य अघि बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित