Khabar Samachar

बलिउड अभिनेता विक्रम गोखलेको निधन

228
VIEWS

 

बलिउडका पुराना अभिनेता विक्रम गोखलेको निधन भएको छ। ७७ वर्षीय गोखलेको पुनेस्थित दीनानाथ मंगेशकर अस्पतालमा निधन भएको हो।

चलचित्र र थिएटर दुवैतिर नाम कमाएका उनको ‘मल्टिपल अर्गान फेलिएर’ का कारण ज्यान गएको अस्पतालले जनाएको छ।

उनी नोभेम्बर ५ देखि अस्पताल भर्ना भएका थिए।

मराठी थिएटरबाट कलायात्रा सुरु गरेका उनले अमिताभ बच्चन अभिनित परवाना नामक फिल्मबाट डेब्यु गरेका थिए।

अग्निपथ, हम दिल दे चुके सनम, भुलभुलैया, ब्याङ ब्याङजस्ता फिल्ममा अभिनय गरेका थिए।उनले अनेकौँ मराठी फिल्ममा पनि अभिनय गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित