Khabar Samachar

सुकुम्बासी हाम्रा शत्रु होइनन्, सुकुम्बासी बस्तीमा तमासा गरियो : ओली

210
VIEWS

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंकी थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएर सत्ताको उन्माद प्रदर्शन गरिएको बताएका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र संघीय सरकारप्रति आक्रोश व्यक्त गर्दे ओलीले यस्तो बताएका हुन्।

मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘फुसका छाप्रा भत्काउन डोजर प्रयोग गरिएको छ। पक्की भवन भत्काउन हो र? त्यहाँ अशक्त होलान्, बालबच्चा होलान्। सुकुम्बासी हाम्रा शत्रु होइनन्। डोजर लगाएर त्यहाँ सत्ताको उन्माद देखाइयो।’

‘सुकुम्बासी हाम्रा दाजुभाइ-दिदीबहिनी हुन्। अलि गरिब भए, त्यसकारण शत्रु घोषणा गरेर गोद्नु, ठोक्नु पर्ने, मार्नु पर्ने भन्ने हैन। पराजित गर्नु पर्ने हैन। समस्याको समाधान गर्नुपर्छ,’ ओलीले भने, ‘सुकुम्बासी समस्या समाधान गर्न आयोग बनाएर काम तयार गरेको अवस्थामा सरकार फेर्नुपर्ने, आयोग भङ्ग गर्नुपर्ने अनि कार्यकर्ता भर्ती गरेर आयोग बनाउनुपर्ने। त्यो आयोग कहाँ गयो?’

ओलीले समस्या समाधान गर्न डोजर प्रयोग गर्ने हो भने आयोगको औचित्य नरहेको पनि बताएका छन्। उनले भने, ‘एकातिर समस्या समाधन गर्न आयोग छ। अर्कोतिर डोजर लगेर पेलेको छ। डोजर लगेर भत्काउने हो भने आयोग किन चाहियो।’काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको नाम नलिए पनि उनलाई लक्षित गर्दै ओलीले आलोचना गरेका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको बधाई तथा शुभकामनामा उनले सुकुम्बासी बस्तीमा तमासा भएको बताए ।

‘तपाईंहरुले हिजो देखिहाल्नुभयो, सुकुम्बासी बस्तीको तमासा र उनीहरुलाई हटाउने हाकिमका कुरा सुनी हाल्नुभयो, प्रहरीले, सरकारले सहयोग गरेन, सहयोग गरेको भए हामी उनीहरुलाई पराजित गर्थ्यौ,’ ओलीले भने, ‘त्यो के गरेको, शत्रु देशसँगको लडाइँको जस्तो तरिका, भाषा । त्यहाँ कुन शत्रु बसेका छन् ?’

काठमाडौं महानगरका नगरप्रहरी प्रमुखले सुकुम्बासी बस्ती हटाउन सरकारले सहयोग नगरेको गुनासो गरेका थिए ।

सोमबार थापाथलीस्थित सुकुम्बासी बस्तीमा एकीकृत बागमती सभ्यता विकास समितिले महानगरको समन्वयमा डोजर चलाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित