Khabar Samachar

Search
Close this search box.
Search
Close this search box.

चिसोबाट बच्न सावधानी अपनाउनूस् : मौसम महाशाखा

206
VIEWS

 

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (बिहीबार बिहान) देशका पहाडी भेगमा आंशिक बदली रही देशका अन्य स्थानमा मौसम सामान्यतया सफा छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

बुलेटिनअनुसार आज राति सुदूरपश्चिम प्रदेशमा र प्रदेश १ का पहाडी  भेगका थोरै स्थानमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले आगामी  २४  घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित