नेपाली कांग्रेसले पूर्णबहादुर खड्कालाई चुनावी कमाण्डर तोकेको छ।
स्थानीय तहको चुनावलाई व्यवस्थित बनाउन मंगलबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले खड्कालाई ‘स्थानीय तह निर्वाचन परिचालन केन्द्रीय समिति’को संयोजक तोकेको हो।
प्रवक्ता प्रकाशशरण महतका अनुसार समितिमा थप सदस्य सभापति शेरबहादुर देउवाले नियुक्त गर्नेछन्।
त्यस्तै कांग्रेसले वैशाख ३० गते हुने चुनावको प्रचार प्रसार समितिको संयोजकमा प्रवक्ता महतलाई जिम्मेवारी दिएको छ। कांग्रेस बैठकले स्थानीय परिस्थिति र आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय पनि गरेको छ।
पाँच दलीय सत्ता गठबन्धनलाई निरन्तरता दिने उद्देश्यले कांग्रेसले स्थानीय तहका माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चासँग चुनावी तालमेल गर्ने औपचारिक निर्णय लिएको हो।
Discussion about this post