Khabar Samachar

सुन्दरीजलमा टिपरको ठक्करबाट २ बालिकाको मृत्यु

210
VIEWS

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएको छ।

स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको आज बिहान साढे ८ बजे टिपरको ठक्करबाट मृत्यु भएको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को मेलम्ची चोकमा आज बिहान टिपरको ठक्करबाट स्कुल जाँदै गरेका दुई बालिकाको मृत्यु भएको हो ।

बाबुले चलाएको मोटरसाइकलमा सवार छोरीहरूको टिपरको ठक्करबाट मृत्यु भएको हो।

टिपरको ठक्करबाट मोटरसाइकल चालक रोहन घिसिङ घाइते छन्। उनका छोरीहरू सृष्टि र श्रेयाको भने मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक विशाल तामाङले बताए।

घिसिङले मोटरसाइकलमा सृष्टि र श्रेयालाई राखेर स्कुल लैजाँदै थिए। बा ४ ख ६९६५ नम्बरको टिपरले बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

चालकले टिपर ब्याक गरेको आरोप छ। घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक तामाङका अनुसार घटनास्थलमा तनावको स्थिति सिर्जना भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित