Khabar Samachar

भरतपुर महानगर प्रमुखमा माओवादीको दाबी

50
VIEWS

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा भरतपुरको मेयरमा माओवादीको दाबि रहेको बताउनु भयो। सो अबसरमा बोल्दै गठबन्धन भए दाहालले त्यस्तो अवस्थामा भरतपुर महानगरपालिकामा माओवादीले दाबी नछाड्ने बताएका छन्।

महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिए ।

उनले भने, ‘महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ । बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छौं’ उनले भने, ‘काँग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने कुरामा प्रस्ट भएको छ ।’

भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले महानगरपालिका र उपमहानगरपालिकामा गठबन्धन गर्ने निर्णय केन्द्रबाटै हुने बताए।उनले भरतपुरको मेयरमा आफ्नो पार्टीको दाबी रहने बताए। भरतपुरमा यसअघिको स्थानीय तल निर्वाचनमा पनि कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो। यहाँबाट प्रचण्डपुत्री रेनु दाहाल मेयरमा निर्वाचित भएकी थिइन्।

‘महानगर र उपमहानगरलाई सकेसम्म केन्द्रबाट नै तालमेल गर्ने भनेर छलफल चलिरहेको छ,’ उनले भने, ‘भोलि गठबन्धनको बैठक बस्दैछ, संभवत महानगरपालिकाको बारेमा केही न केही निर्णयमा हामी पुग्छौं। तालमेलकै निर्णय हुन्छ।’

भरतपुर महानगरमा आफूहरुको दाबी रहेको जनाउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र शक्ति सुदृढ गर्ने र आवश्यकताअनुसार तालमेल पनि गर्नेमा अघि बढेको बताए । सबै राजनैतिक दलहरु आ–आफ्नो तवरले निर्वाचनको तयारीमा लागेको जनाउँदै उहाँले निर्वाचन हुने कुरा सुनिश्चित भइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित