Khabar Samachar

Search
Close this search box.

झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’को मुख्य अभिनेतामा धीरज मगर अनुबन्धित

206
VIEWS

झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’को मुख्य अभिनेतामा धीरज मगर अनुबन्धित भएका छन् । पुस २० गतेदेखि छायांकन सुरु हुने फिल्मलाई झरनाले निर्देशन गर्नेछिन् । निर्माण कम्पनी र अभिनेता मगरबीच शनिबार लिखित सम्झौता भएको हो ।

फिल्ममा धीरजको अपोजिटमा सुहाना थापा हुनेछिन् । यी दुईबीच अनस्क्रिन रोमान्स हुनेछ । यो लभस्टोरी फिल्मको छायांकन जनकपुर र मनाङमा हुने भएको छ । धीरजको अनुबन्धनबारे निर्माता सुनिलकुमार थापाले अनलाइनखबरसँग भने, ‘उहाँले मागेको र हामीले अप्रोच गरेअनुसारको पारिश्रमिकमा धीरजजीलाई अनुबन्धित गरेका हौं ।’

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका बाँकी कलाकार एक सातामा तय हुने भएका छन् । पुस २ गतेदेखि धीरज र सुहानाले कार्यशालामा भाग लिनेछन् ।

यसअघि नै धीरजलाई फिल्ममा लिन निर्माता र उनीबीच पटकपटक मिटिङ भएको थियो । धीरजले ५० लाख रुपैयाँ पारिश्रमिक मागेपछि उनलाई नलिने कुरा निर्माताले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित