Khabar Samachar

संचारकर्मी जी.पी तिमिल्सिनाले गरे दोश्रो बिबहा

261
VIEWS

पूर्व मिस नेपाल उषा खड्गीसँग डिभोर्स गरेको ६ महिना नवित्दै संचारकर्मी जी.पी तिमिल्सिनाले दोश्रो बिहे गरेका छन् । उनले डिसेम्बर ५ तारिखमा परिवार र आफन्तलाई साक्षी राखेर दोश्रो बिहे गरेका हुन् । उषा र जी.पीबिच जेठ २६ गते अदातलमा डिभोर्स भएको थियो ।

तर, डिभोर्स भएपनि उषा र जी.पी एउटै घरमा बस्दै आएका छन् । जी.पीले बिहे गरेर दोश्री श्रीमतीलाई पनि लोकन्थलीको घरमा नै राख्दै आएका छन्, जहाँ उषा र उनका २ सन्तान पनि बस्दै आएका छन् । उषाले मेरो फिल्मलाई दिएको जानकारी अनुसार, जिल्ला अदालतले सम्पत्ती बाँडफाँडको फैसला गरेपनि अहिले यो मुद्दा उच्च अदालतमा चलिरहेको छ । मुद्दाको छिनोफानो नै नलागी जी.पीले अर्को बिहे गरेका हुन् । जी.पीले सविना अधिकारीसँग दोश्रो बिहे गरेका हुन् ।

उषाले भनिन –‘अहिले मेरो घरमा तमासा चलिरहेको छ । घरको तेश्रो फ्लोरमा उहाँ श्रीमतीसँग बस्दै आउनु भएको छ । दोश्रो फ्लोरमा म र २ सन्तान बस्छौं । तल्लो फ्लोर भाडामा दिइएको छ । भाडाको रकम पनि सबै उहाँ नै लिनुहुन्छ । अदालतले सम्पत्ती बाँडफाँड गर्नु भनेपनि मलाई र मेरा सन्तानलाई दिने कुनै सुरसार उहाँको छैन ।’

उनले अगाडि थपिन्–‘हरेक दिन उहाँहरु मेरै फ्ल्याटको ढोका हुँदै निस्कनुहुन्छ । त्यो देख्दा मेरा छोराछोरीलाई कस्तो असर पर्छ होला ?’ जी.पीले दोश्रो बिहे गर्नु अगाडि आफ्नो व्यवस्था गरिदिएको भए राम्रो हुन्थ्यो भन्ने उषाको भनाई छ ।

जी.पी र उषाको ४ बर्ष अघिदेखि सम्बन्धमा दरार आएको थियो । यसपछि, उनीहरु डिभोर्स गर्ने निर्णयमा पुगेका थिए । तर, कागजी रुपमा डिभोर्स भएपनि जी.पीले आफूलाई अदालतको फैसला अनुसार कुनै पनि सम्पत्ती नदिएको उषाले बताइन् ।

पूर्व मिस नेपाल उषा खड्गीसँग डिभोर्स गरेको ६ महिना नवित्दै संचारकर्मी जी.पी तिमिल्सिनाले दोश्रो बिहे गरेका छन् । उनले डिसेम्बर ५ तारिखमा परिवार र आफन्तलाई साक्षी राखेर दोश्रो बिहे गरेका हुन् । उषा र जी.पीबिच जेठ २६ गते अदातलमा डिभोर्स भएको थियो ।

तर, डिभोर्स भएपनि उषा र जी.पी एउटै घरमा बस्दै आएका छन् । जी.पीले बिहे गरेर दोश्री श्रीमतीलाई पनि लोकन्थलीको घरमा नै राख्दै आएका छन्, जहाँ उषा र उनका २ सन्तान पनि बस्दै आएका छन् । उषाले मेरो फिल्मलाई दिएको जानकारी अनुसार, जिल्ला अदालतले सम्पत्ती बाँडफाँडको फैसला गरेपनि अहिले यो मुद्दा उच्च अदालतमा चलिरहेको छ । मुद्दाको छिनोफानो नै नलागी जी.पीले अर्को बिहे गरेका हुन् । जी.पीले सविना अधिकारीसँग दोश्रो बिहे गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित