Khabar Samachar

मेसिन सरसफाईका लागि पशुपति बिस्कुटको उत्पादन बन्द

202
VIEWS

काठमाडौं । लामो इतिहास बोकेको सुनसरीको दुहबीमा संचालित श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि १५ दिनका लागि बन्द गरिएको छ ।
प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको इतिहाससँग जोडिएको यो बिस्कुट उद्योगको उत्पादन प्रक्रिया १५ दिनका लागि बन्द गरिएको हो ।
बिस्कुट पकाउने ओभनहरु जोडिएका मेसिनहरुको मर्मतसम्भार र सरसफाईको उद्देश्यले १५ दिनका लागि उत्पादन रोकिएको बिएलसी होल्डिङ प्रालिका संस्थागत संचार विभाग प्रमुख सोमनाथ बास्तोलाले एक विज्ञप्तिमार्फत प्रष्ट पार्नुभएको छ ।
उहाँले आज जारी गर्नुभएको विज्ञप्तिमा सुनसरीको दुहबीमा वि.सं. २०३० सालबाट संचालित ‘श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि’ मेसिनहरुको सरसफाई र केही स्टकहरु समेत क्लियरेन्स भएपछि पुनः उत्पादन प्रक्रिया थालिने जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित