Khabar Samachar

बालुवाटारमा सत्तागठबन्धनको बैठक बस्दै,चुनावी तालमेलबारे छलफल

204
VIEWS

स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान साढे १० बजे बैठक बस्न लागेको हो । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताए । ‘बिहीबार साढे १० बजे बैठक बस्दैछ । बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुन्छ’, नेता पौडेलले भने, ‘चुनावमा कसरी अघि बढ्ने भन्नेमै छलफल केन्द्रीत हुन्छ ।’

‘आज बिहान ११ बजेका लागि गठबन्धन बैठक बोलाइएको हो,’ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भन्यो। प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदैछन्।

यस्तै बैठकमा चुनावी तालमेलबारे कुराकानी गर्ने तयारी छ।

नेपाली कांग्रेसले स्थानीय आवश्यकताका आधार सत्तारूढ गठबन्धनका दलहरूसँग तालमेल गरेर जाने निर्णय केन्द्रीय समितिबाट गरेको थियो। त्यसपछि पहिलोपटक आज गठबन्धन बैठक बस्न लागेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई चुनावसम्म कायमै राख्ने बताइरहेका छन्।

आजको बैठकमा महानगरहरूमा कहाँ कसले लिने भन्नेमा प्रारम्भिक छलफल गर्ने तयारी रहेको स्रोतले जनाएको छ। वैशाख ३० मा चुनाव हुने भएकोले अहिलेदेखि नै कहाँ कसले उम्मेदवारी दिने टुंग्याएर प्रचारप्रचारमा जाने तयारी छ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित