निर्वाचनमा तालमेल बाध्यकारी हैन : महामन्त्री शर्मा

203
VIEWS

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनमा तालमेल बाध्यकारी नभएको बताएका छन् । उनले पार्टीको काभ्रेपलाञ्चोक जिल्ला समितिद्वारा बुधबार बनेपामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा भने तालमेल हुने बताए । “निर्वाचनमा अन्य दलसँगको तालमेल बाध्यकारी भने हैन, तर आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा तालमेल हुन्छ”, शर्माले भने । उनले पार्टी केन्द्रीय समितिले स्थानीय आवश्यकताको आधारमा सम्बन्धित स्थानीय तहले तालमेल गर्न सक्ने बताए । उनले भने, “गठबन्धन हुँदा भने साझा चुनावी घोषणापत्र बनाउनुपर्ने हुन्छ ।” गठबन्धन हुने स्थानीय तहमा सुझबुझपूर्ण ढङ्गले पार्टीले बनाएको नियमकै आधारमा उम्मेदवार छनोट हुने उनले दोहोयाए ।
नेता शर्माले काँग्रेसलाई अधिकांश स्थानीय तहमा निर्वाचित गराउन तालमेल गर्न लागिएको दाबी गरे । “गठबन्धन हुँदा सहयात्री दलबीच कुन तहमा कस्ता उम्मेदवारी दिने भन्ने विषयले चर्चा पाउन थालेको छ, यसबारे पार्टीको संसदीय बोर्डले निर्णय गर्छ”, उनले भने । उनले १५५ स्थानीय तहमा काँग्रेसका उम्मेदवार पराजित भएका स्थानमा दश प्रतिशत र पराजित ८४ स्थानीय तहमा पाँच प्रतिशत मत बढाउँदा विजयी हुनसक्ने तथ्याङ्क आँकलन गरेका थिए । जिल्ला सभापति तीर्थ लामाले आसन्न निर्वाचन लक्षित पार्टीको एक महिने ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानसँगै सङ्गठन विस्तारमा लागिएकाले जिल्लाको १३ स्थानीय तहमै नेपाली काँग्रेस विजयी हुने योजना बनाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on pinterest
Share on telegram
Share on email
Share on pinterest
Share on reddit
Share on skype
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित