Khabar Samachar

माओवादी नेता पुनमा कलेजो प्रत्यारोपण गरिने

205
VIEWS

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको छ।

वंशाणुगत जण्डिसका बिरामी पुनको कलेजोमा धेरै जटिलता आएकाले प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका छन्।

वंशाणुगत कारणले कलेजोमा समस्या देखिएकाले पुनको परिवारलाई प्रत्यारोपणका लागि उपयुक्त अस्पताल खोज्नसमेत भनिएको उनको उपचारमा संलग्न कलेजो तथा पेट रोग विशेषज्ञ प्राध्यापक डाक्टर युवराज शर्माले बताए।

‘उहाँले यसअघि पनि बाहिर गएर धेरै पटक उपचार गर्नुभएको छ। अब उपचारले मात्रै कलेजोमा सुधार आउँदैन,’ उनले भने,‘अब उहाँसँग मिल्ने व्यक्तिको कलेजो खोजेर प्रत्यारोपण गर्नुपर्छ।’‘मैले उहाँलाई उपचार गर्न थालेको १०/१२ वर्ष नै भइसक्यो । उहाँले बीचमा बाहिर उपचार गर्नुभयो । पछिल्लो समय कलेजो कमजोर देखिएको छ । जसले गर्दा अस्ति रोल्पाबाट हेलिकप्टरबाट काठमाडौँ ल्याइयो । जण्डिस बढेर पेटमा पानी आउने रगत पात्लो हुने भइराखेको छ’ शर्माले भने, ‘मेडिकल उपचार बाहिर र यहाँ एउटै हो । मेडिकल उपचार खासै फरक हुँदैन । लिभरलाई किड्नी जस्तो डाइलासिस गरेर हुँदैन । लिभर नै फेर्नुपर्छ । लिभर कमजोर भए फेर्नुको विकल्प हुँदैन ।’

नेपालमा त्रिवि शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कलेजो प्रत्यारोपण हुन्छ।

काठमाडौं बाहिर पनि फाट्टफुट्ट कलेजो प्रत्यारोपण भएको छ। तर थोरै मात्रामा मात्रै प्रत्यारोपण भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित