Khabar Samachar

Search
Close this search box.

श्रीलंकाका राष्ट्रपतिद्वारा सरकारी खर्च कटौती गर्न निर्देशन

202
VIEWS

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले मन्त्रिपरिषद्लाई सरकारी खर्च घटाउन निर्देशन दिएका छन्।

राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले हाल सरकारको राजस्व मासिक खर्चभन्दा कम रहेको जनाएको छ।

राष्ट्रपतिले जनरल ट्रेजरीले भुक्तानीकर्ता बाहेक सबै खर्चहरू पूरा गर्न यो समय अत्यन्त चुनौतीपूर्ण रहेको बताएका छन्।

योजनाबद्ध राजस्व उठाउन नसकेसम्म सरकारी खर्चमा थप कटौती गर्नुपर्ने देखिन्छ।

राष्ट्रपतिले निजामती कर्मचारीले कर्जाको आधारमा वस्तु तथा सेवा लिनबाट हाललाई टाढै रहनुपर्ने पनि धारणा राखेका छन्।

यसैबीच मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धानाले मंगलबार सरकारको जनवरी महिनाको खर्च राजस्वको दोब्बर भएको बताएका छन्। गत वर्षदेखि श्रीलंका चरम आर्थिक संकटको सामना गरिरहेको छ जसले देशमा राजनीतिक उथलपुथलसमेत निम्त्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित