Khabar Samachar

नेपालले टर्कीका भूकम्पपीडितलाई पठायो २२ टन राहत सामग्री

203
VIEWS

नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्रीको पहिलो खेप पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार २२ टनभन्दा बढी राहत सामग्रीहरु आज दिउँसो टर्की पठाइएको हो ।

ती राहत सामग्रीहरु सोमबार दिउँसो टर्किस एयरलाइन्सको जहाजबाट भूकम्प प्रभावितहरुका लागि पठाइएको हो।

मन्त्रालयका अनुसार राहत सामग्रीमा औषधि, स्वास्थ्य उपकरण, न्याना कपडासहित अत्यावश्यकीय सामग्री छन्। टर्कीमा अहिले कडा जाडो रहेकाले भूकम्पप्रभावितलाई न्यानो कपडा पठाइएको हो।

शक्त्तिशाली भूकम्पमा

टर्की र सिरियामा शक्तिशाली भूकम्पपछि गत माघ २५ गते बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो।

नेपाली सेना पनि उद्धारका लागि जान स्टान्ड बाइ छ। तर सेनालाई उद्धारका लागि पठाउनेबारेमा सरकारले अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन।

यसअघि परराष्ट्र मन्त्री विमला राई पौड्यालले भूकम्पलगत्तै टर्कीस्थित समकक्षी मेभ्लुट काभ्युसोग्लुसँग टेलिफोन संवाद गरेकी थिइन्।

परेर टर्की र सिरियामा अहिलेसम्म करिब ३५ हजार मानिसको ज्यान गइसकेको छ। त्यस्तै ९० हजारभन्दा धेरै घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित